राजपरिवारले मुलुकको अभिभारा संभाल्ने हो भने जो कोहि को पछि लागेर जताततै हिंडनु हुँदैन!

इनेप्लिज २०८० माघ ३ गते ११:२२ मा प्रकाशित

राजा केहि झोलेहरुको मात्र हो र ? राजा सबैको साझा हुनुपर्ने होईन र ? राजा ज्ञानेन्द्र शाह परिवारले बुझ्नुपर्ने हुन्छ ।

राजाको जहाँ जहाँ सवारी हुन्छ त्यो कुरा सबै जनमानसमा जानकारी हुन आवश्यक छ । तर राजाका दुई चार जना केही झोलेहरुले कसैलाई थाहा दिंदैनन । केही झोलेहरुले चुपचाप गोप्य रूपमा कसैलाई थाहा नदिई राजा ज्ञानेन्द्र शाहलाई अग्रसर बनाई अघि सारेको देखिन्छ ।

राजा ज्ञानेन्द्र शाह परिवारले मुलुकको अभिभारा संभाल्ने हो भने जो कोहि को पछि लागेर जताततै हिंडनु हुँदैन । असफल भइन्छ ।

राजा ज्ञानेन्द्र शाह परिवारले आफुलाई विश्वसनीय र भरपर्दो लागेको व्यक्ति रोज्नुपर्ने र अघि लागि हिंडनुपर्ने हुन्छ र राजा ज्ञानेन्द्र शाह परिवारले यदि राजावादी हो भने राजावादीहरुले फलानो व्यक्तिलाई सहयोग गर भनेर आव्हान नै गर्नुपर्ने हुन्छ । अनि मात्र अब वर्तमान अवस्थामा आएको राजसंस्था टिक्छ ।

राजा ज्ञानेन्द्र शाह परिवारले सत्ता आफनो हातमा लिएपछि मुलुकको जनहित बारे के के गर्ने दुरदर्शि कार्ययोजनाहरु र भिजन बनाई मात्र अघि बढनुपर्छ । राजा ज्ञानेन्द्र शाह परिवारले सत्ता लिनुभन्दा पहिले मुलुकको जनताहरुको हितका लागि के के गर्ने भन्ने बारे विस्तृत कार्ययोजना बनाई मात्र सत्ता आफनो हातमा लिने काम गर्नुपर्छ । मुलुकको जनताहरुको हितको लागि कार्ययोजनाहरु नबनाई लिएको सत्ता धेरै दिन टिक्न सक्दैन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाईल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया