युक्रेनले आजभ सागरमा रुसी जासुसी विमानलाई आक्रमण गरी नष्ट गरेको दाबी गरेको छ ।
युक्रेनले गत सोमबार नष्ट गरेको र मस्कोको हवाई क्षमताहरू विरुद्ध महत्त्वपूर्ण आक्रमण भएको दावी गरेको छ ।
युक्रेनका सेना प्रमुख भ्यालेरी जालुज्नीले सोमबार टेलिग्राममा दुई विमानहरू नष्ट भएको बताएका छन ।
उनले युक्रेनको सशस्त्र सेनाको वायुसेनाका योद्धाहरूले दुश्मनको ए-५० लामो दूरीको राडर पत्ता लगाउने विमान र आईएल-२२ लाई नष्ट गरेको बताए ।
उनले दक्षिणी युक्रेनमा “पूर्ण रूपमा योजनाबद्ध र कार्यान्वयन गरिएको कारवाही” को लागि वायुसेनालाई धन्यवाद पनि दिए।
एक विज्ञप्तिमा युक्रेनी वायु सेनाले आजोभ सागर क्षेत्रमा विशेष कारवाही “सफल” भनेको छ।
मस्कोले अहिलेसम्म विमानको क्षतिको पुष्टि गरेको छैन भनि सिएनएनले जनाएको छ ।
प्रतिक्रिया