मध्य इजरायलमा भएका दुईवटा आक्रमणमा १ जनाको मृत्यु भएको र कम्तीमा १७ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
मध्य इजरायली शहर रानानामा सोमबारको दुईवटा आक्रमणमा एक वृद्ध महिलाको मृत्यु भएको छ र अन्य १७ जना घाइते भएका छन् ।
आक्रमणका पीडितहरूको उपचार गरिरहेका अस्पतालले जारी गरेको वक्तव्यमा जनाईएको छ ।
इजरायली प्रहरीले एकैसाथ दुईवटा आतंककारी हमलामा संलग्न दुई संदिग्धहरू हेब्रोनका बासिन्दा भएको बताएको छ।
हेब्रोन कब्जा गरिएको पश्चिम किनाराको एउटा शहर हो। उनीहरु अवैध रुपमा इजरायल प्रवेश गरेको र अहिले प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ ।
संदिग्धहरूले धेरै स्थानहरूमा धेरै मानिसहरूलाई किचाएर मार्न सवारीसाधनहरु चोरेको प्रहरीले बताएका छन ।
अझै पनि कुनै खतरा नहोस् भन्ने सुनिश्चित गर्न यस क्षेत्रमा व्यापक सुरक्षा र जाच भइ रहेको प्रहरीले बताएका छन ।
प्रतिक्रिया