देवेन्द्र सन्ज्याल
२०८० पौष २८ ,कैलाली
बिगत लामो समय देखि मृगौलाको रोगबाट पिडित लोकप्रिय देउडा गायक सर्जक राजाराम भाटको उपचारका लागि रु. ८५,०००/- पिडितका छोरा सागर भाटलाई नगद सहयोग हस्तान्तरण गरिएको छ ।
आफुलाइ बचाउनका निम्ति सामाजिक संजाल फेसबुक मार्फत सहयोगको अपिल गरे संगै लम्की स्थित मालिका एफ एमले भिडियो रिपोर्ट तयार पार्दै सहयोगको अपिल समेत गरेको थियो।
हाल अमेरिकाको क्यालिफोर्नियामा रहनुहुने सहयोगी मनकारी युवा छत्र बहादुर बिष्टले आफ्नो साथीभाइ बाट सहयोग संकलन गरि रु ८५,०००/- सहयोग शिक्षक एवम् सामाजिक अभियान्ता देवेन्द्र सन्ज्याल मार्फत पठाउनु भएको थियो।
सहयोगी मनका धनी बिष्टले धुर्मुस सुन्तलीको क्रिकेट रंगशाला, महाविर पुनको राष्ट्रिय आबिष्कार केन्द्र, कालिका आधारभुत विद्यालयको भवन निर्माण लगायत विभिन्न सामाजिक सेवामा ठुलो रकम सहयोग गरि सक्नु भएको छ।
प्रतिक्रिया