दूरसञ्‍चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत, कार्यवहाक अध्यक्षकाे जिम्मेवारी नवराज अधिकारीलाई

इनेप्लिज २०८० पुष २४ गते २२:४६ मा प्रकाशित

बेद प्रसाद घिमिरे :नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले खनालको राजीनामा स्वीकृत गरेको हाे । खनालले आज नै पदबाट राजीनामा दिनुभएकाे थियाे ।

खनालकाे राजीनामा स्वीकृत गर्दै रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय बैठकले गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने निर्णय भएकाे पनि उहाँले बताउनुभयाे।

प्रतिक्रिया