चालु आर्थिक वर्षको पहिलो महिना चार महिनामा (साउनदेखि कात्तिकसम्म) वैदेशिक अध्ययनमा करिब साढे ३८ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा विदेश अध्ययनका लागि बाहिरिने रकम ७० प्रतिशतले बढेर ३८ अर्ब ४४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको गत कात्तिक महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ ।पछिल्लो समय हाम्रो देशमा पनि एउटा ज्यादै ठुलो त्रास वा हलचल फैलिरहेको छ, त्यो हो युवा पलायन । युवा देशमा बस्नै चाहँदैनन् । प्रत्येक युवाको मनमस्तिष्कमा छ, विदेशको सपना । दसैँ, तिहार र जन्मदिन मनाउन पनि विदेश जाने होडबाजी चलेको छ । विदेशको मोहले सम्पन्न परिवारका युवालाई पनि गाँजेको छ । विदेशमा गएर जति दुःख भोग्न पनि उनीहरू तयार छन् तर देशमा बस्ने मनस्थितिमा छैनन् । गाउँहरू रित्तिएर सुनसान बनिसके र शहरहरूमा जनसङ्ख्याको घनत्व पातलो भइसक्यो । व्यस्त भनिएको शहरहरूमा पनि धेरै सटर खाली भइसके । विश्वविद्यालयका धेरै विभाग बन्द हुने अवस्थामा छन् । उच्च शिक्षाका कलेज सञ्चालक अहिले के गरौँ भन्ने अवस्थामा छन् । कति कलेजहरू निकट भविष्यमै बन्द हुने हो कि भन्ने अवस्थामा पुगेका छन् । त्यसको आकलन गर्न सकिँदैन । बैङ्क ऋण र लघुवित्तको ऋण तिर्न नसकेर मान्छेहरू छटपटिरहेका छन् । एकातर्फ आर्थिक सङ्कटले समाज आक्रान्त छ भने अर्कातर्फ भ्रष्टाचार, तस्करी र कालोबजारीले देशलाई बर्बादीतर्फ धकेलेको छ । यस्तो लाग्छ, देशमा हामीले उत्पादन गर्न र वितरण गर्न सकेको एउटा मात्रै चिज भनेको निराशा र बेचैनी हो ।देशले यस्तो नेतृत्व खोजेको छ, जसले मित्रराष्ट्रलाई भन्न सकोस् कि हामी देशमा राजनीतिक स्थिरता र समृद्धिको निर्माण गर्न चाहन्छौँ । हाम्रो भूगोल सानो छ र हामी गरिब छौँ । हामीलाई यथास्थितिमा चल्ने छुट छैन । यथास्थितिबाट हाम्रो अस्तित्वको रक्षा हुन सक्दैन । विधि र पद्धति वा पारदर्शिताका आधारमा चल्नु पर्ने हाम्रो यात्रामा हामी धेरै चुक्यौँ र पछाडि धकेलिइसक्यौँ । २०४६ अनि २०६३/६४ सालपछिका परिवर्तनले देशमा विधि र पद्धतिको विकास गर्नु पर्दथ्यो । लोकतन्त्र भनेको कानुनी राज्य वा विधिको शासन होइन र ? आज हाम्रो समस्या भनेकै भ्रष्टाचार बनेको छ । भ्रष्टाचारको भारीले हाम्रो राजनीति र समाजलाई थिचिरहेको छ । देशमा गणतन्त्र आएको धेरै वर्ष भइसक्यो । हाम्रो गणतन्त्रका तीन वटा मुख्य विशेषता छन् : धर्म निरपेक्षता, संसदीय सर्वोच्चता र सङ्घीयता । आजको दिनसम्म आउँदा यी तीन वटै विशेषताप्रति जनताको तहबाट आलोचना हुन थालेको छ । अहिले त त्यो आलोचना वा विरोधको तह पार गरेर विद्रोह वा चुनौतीको तहमा पुगेको छ । यी तमाम असन्तुष्टिको मुख्य कारण भनेकै राज्य सञ्चालन पद्धतिमा भएको कमजोरी वा असफलता हो । सामान्य जनताको जीवनमा राजनीतिक परिवर्तनले अहिले पनि केही पनि फरक पारेको छैन
मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ॥
नेपाल सरकारको तथ्यांकले चालु आर्थिक वर्षमा प्रतिमहिना औसत एक खर्ब २० अर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिन थालेको जनाउछ। यी चार महिनामा चार खर्ब ७७ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएकोले अर्थतन्त्रलाई थप ट्वा पुगेको भन्दै गौरब गर्छ । तर गाउँघरमा ७० बर्शभन्दा माथिका बा आमा बेशारा भयको , कतिका श्रीमती घर छोडेर बाल बच्चा अबिभाबक बिहिन छन , खेत वारि धेरै जसो बाझो छ । गाउघरमा कसैको मृत्युभयमा मलामी जाने युबाछैनन ।कृषिप्रधानदेशमा खाध्यन आयात गर्नु अबस्था छ रेमिटेन्सका नाउमा हजारौं बिकृती बढीरहेको छ । कति नेपाली दलालले बेचेर बिदेशी जेलको चिसो छिढिमाछन । युबा जनसक्तिलाइ रेमिटेन्समा बेचेर , बिदेशी भुमिमा श्रमगर्दागर्दै मृत्युबरण गरेका नेपालिको लास बाकस मार्फत नेपालमा भित्रीदाको अबस्था कति दर्दानक हुन्छ ? नेपाली लाई नेपालमा बाच्नदेउ नेपालीलाई नेपालमै मर्न देउ सरकार
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥
प्रतिक्रिया