अघ्यावधिक गरिएको : पश्चिमी जापानमा आएको शक्तिशाली भूकम्पको शृङ्खलामा कम्तिमा ४८ जनाको मृत्यु भएको छ ।
हजारौं भवनहरू, सवारी साधन र डुङ्गाहरूमा क्षति पुगेको छ ।
अधिकारीहरूले मंगलबार केही क्षेत्रका मानिसहरूलाई थप जोखिमको कारण घरबाट टाढा रहन चेतावनी दिएका छन्।
गत सोमबार दिउँसो ७.६ म्याग्निच्युड( परिमाण )को शक्तिशाली भूकम्प गएको एक दिनपछि इशिकावा र आसपासका क्षेत्रहरू हल्लाउँदै पराकम्पनहरु जारी रहेको सिविएसन्यूजले समाचार लेखेको छ ।
जापानको सरकाकारी सॅचार माध्यम एनएचके तथा अन्य सॅचार माध्यमहरुका अनुसार इशिकावामा ४८ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमा वाजिमा र सुजु शहरहरुमा हताहत भएको छ।
कम्तिमा १४ जना गम्भीर घाइते भएको अधिकारीहरूले बताएका छन् । हजारौं घर ध्वस्त भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
सरकारका प्रवक्ता योशिमासा हयाशीले १७ जना गम्भीर घाइते भएका र मृत्यु हुनेको सङ्ख्या अलिकति कम भएको बताउदै आफूलाई जिल्लाको सङ्ख्याबारे जानकारी रहेको बताए।
प्रतिक्रिया