कोलोराडो सर्वोच्च अदालतका न्यायाधीशहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको आफ्नो निर्णय दिए पछि हिंसात्मक धम्कीहरू प्राप्त गरि रहेको सिविएसन्यूजले जनाएको छ ।
गत मङ्गलबारको फैसलापछि रिपव्लिकनहरुका उम्मेद्वारहरु मैदानमा प्राथमिक निर्वाचनमा उत्रिएका मध्ये उनलाई प्रतिबन्ध लगाइएको छ भने उनी १४ औं संशोधनको आधारमा फेरि राष्ट्रपति बन्न अयोग्य ठहरिएको भनि निर्णय दिईएको थियो ।
कोलोराडो सर्वोच्च अदालतका न्यायाधीशहरूले सामाजित सॅजाल लगायत दुवैमा हिंसात्मक धम्कीहरू सामना गरिरहेका छन् ।
कोलोराडोका न्यायाधीशहरूले अमेरिकी संविधानले ट्रम्पलाई जनवरी ६,२०२१ मा अमेरिकी सॅसद (क्यापिटल)मा भएको आक्रमणको वरिपरिको आचरणको कारण ओभल कार्यलय( अफिस) पुन: लिनबाट रोक लगाएको फैसला सुनाएका थिए।
धेरै प्रयोगकर्ताहरूले ट्रम्पको सामाजिक सॅजालमा बयानबाजी र हतियारको आह्वानका साथ सीधा प्रतिक्रिया दिइरहेका छन्।
“न्यायाधीशहरूलाई गिरफ्तार गरी ग्वान्टानामोमा पठाइनुपर्छ,” जस्ता अनगिन्ती नकारात्मक टिप्पणी गरि रहेका छन ।
मतदान हुदा ४ जनाले प्रतिवन्धको पक्षमा र ३ जनाले हुदैन भनि निर्णय दिएका थिए ।
प्रतिक्रिया