अक्टोबर ७ देखि अहिले सम्म कम्तिमा ६८ पत्रकार मारिए : सिपिजे

इनेप्लिज २०८० पुष ५ गते १२:१६ मा प्रकाशित

अक्टोबर ७ मा युद्ध सुरु भएयता गाजा, इजरायल र लेबनानमा कम्तिमा ६८ पत्रकार मारिएका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपीजे) ले बुधबार एक बिज्ञप्ति जारी गर्दै उक्त सूचना सार्वजनिक गरेको छ ।

हताहत हुनेमा ६१ प्यालेस्टाइनी, ४ इजरायली र ३ लेबनानीहरू छन् । सिपीकेको तथ्याङ्क अनुसार यसले सन् १९९२ मा तथ्याङ्क सङ्कलन गर्न थालेपछि पत्रकारहरूको लागि सबैभन्दा घातक अवधि भएको उल्लेख गरेको छ ।

यस हप्ताको सुरुमा, संयुक्त राष्ट्र एजेन्सीले गाजा पत्रकार र तिनीहरूका परिवारका लागि संसारको सबैभन्दा खतरनाक ठाउँ भएको बताएको छ।

प्रतिक्रिया