झापाका पचास हजार निरक्षरलाई साक्षर बनाइयो

इनेप्लिज २०७२ भदौ ९ गते १२:३१ मा प्रकाशित

imagesसुरुङ्गा (झापा), ९ भदौ । सन् २०१५ सम्ममा नेपालका सबै नागरिकलाई साक्षर बनाउने उद्देश्यले सञ्चालन गरेको आधारभूत साक्षरता शिक्षाबाट झापाका ५० हजार २२२ जना साक्षर भएका छन् ।

जिल्ला शिक्षा कार्यालय झापाले सञ्चालन गरेको आधारभूत साक्षरता कक्षाबाट दलित महिला तीन हजार ७९०, पुरुष ७७५, आदिवासी महिलातर्फ १८ हजार ११६ पुरुष तीन हजार ३०६ र अन्य महिला २० हजार ७६५ तथा तीन हजार ५२९ जना पुरुष साक्षर भएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा रहेका कुल निरक्षर ५८ हजार ४४६ जनामध्ये ८५.९२ प्रतिशत मानिस साक्षर भएका छन् ।

आव २०७१/७२ मा ५० हजारभन्दा बढी निरक्षरलाई जिल्ला शिक्षा कार्यालय झापाले साक्षर बनाए पनि झापामा अझै आठ हजार २२४ जना निरक्षर रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

निरक्षर उन्मूलनका लागि जिल्ला शिक्षा कार्यालय झापाले ३७ गाविस तथा सातवटा नगरपालिकाभित्र रहेका ३७ वटा संस्थामार्फत साक्षरता कक्षा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया