गाजामा इजरायली बन्धकलाई मृत घोषित गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले गाजामा जीवित रहेको ठानिएका एक बन्धकलाई अहिले मृत घोषित गरिएको छ।
४१ वर्षीया ताल चिमीलाई अक्टोबर ७ का दिन बन्धक बनाएको कार्यालयले जनाएको छ । चिमी किबुट्ज नीर यित्जाकका संस्थापकका नाति थिए।
“उनी किबुट्जसँग जोडिएका थिए, र समुदायका स्तम्भहरू मध्ये एक थिए,” सयुक्त विज्ञप्तिमा भनिएको छ।
किबुट्ज दक्षिणी इजरायलका धेरै समुदायहरू मध्ये एक थियो जुन अक्टोबर ७ को बिहान हमास लडाकुहरूले आक्रमण गरेका थिए।
स्व चिमीले श्रीमती, तीन छोराछोरी ,९ वर्षीय जुम्ल्याहा र एक ६ वर्षीय छोराको साथै उनका बुबा जोहर र बहिनी ओरलाई छोडेर गएका छन् , विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया