अध्यावधिक गरिएको : टेनेसीमा आएको घुम्रपात(टोर्नाडो )बाट कम्तिमा छ जनाको मृत्यु , २३ जना घाइते

इनेप्लिज २०८० मंसिर २४ गते १३:०२ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको टेनेसी राज्यको मुख्य क्लार्क्सभिल लगायतका केही भागहरूमा आएको घुम्रपात(टोर्नाडो )बाट शनिबार कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मोन्टगोमेरी काउन्टी टेनेसीमा घुम्रपात(टोर्नाडो )को कारण तीन जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएको मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले जनाएको छ। मृत्यु हुनेमा २ वयस्क र १ बालक रहेको अधिकारीहरूले बताएका छन् ।

न्यासभिलमा गम्भीर मौसमका कारण थप ३ जनाको मृत्यु भएको शहरको आपतकालीन कार्यालयले जनाएको छ। क्लार्क्सभिल शहरका नगर प्रमुख जो पिट्सले दुःखद घटनाप्रति सहानुभूति प्रकट गरेका छन्।

“यो विनाशकारी समाचार हो र हाम्रा प्रियजनहरू गुमाउनेहरूको परिवारका लागि दुखित भएका छौ । शहर उनीहरूको शोकको समयमा मद्दत गर्न तयार छ,” पिट्सले एक विज्ञप्तिमा भने।

उत्तरपश्चिमी टेनेसीमा शनिबार दिउँसो २ वटा ठुला र लामो समय सम्म घुम्रपात(टोर्नाडो ) आएको थियो ।

टेनेसीको न्यासभिलबाट ४८ किलोमिटर उत्तरपश्चिममा अवस्थित क्लार्क्सभिल शहरमा शनिबार दिउँसो घुम्रपात(टोर्नाडो ) आएपछि “व्यापक” क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीले मानिसहरूलाई सडकबाट टाढा रहन आग्रह गरेका थिए ।

प्रतिक्रिया