साहित्यकार,समाजसेवी हरि मानन्धरजी को सहयोगी मनहरुमा हार्दिक अनुरोध

इनेप्लिज २०८० मंसिर १९ गते २३:४४ मा प्रकाशित

हाम्रा अति नै मिलनसार, सहयोगी पत्रकार, साहित्यकार , समाजसेवी मित्र श्री हरि मानन्धर जी को स्वास्थमा गम्भीर समस्या आइपरेकोले हामी सबै मिली उहाँको नयाँ जीवन प्राप्त गर्नको लागि देश- बिदेशबाट सहयोग गर्न सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक अनुरोध गर्दछु।

उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पूर्व केन्द्रिय सचिव हुनुहुन्थ्यो, खबर मिडिया डटकमको प्रधान सम्पादकका साथै विभिन्न संघ संस्था मार्फत आपत- विपतमा परेकालाई सहयोग गर्दै आउनु भएको थियो तर आज आफै रोगसङ्ग लडिरहनु भएको छ यस्तो घडीमा उहाँलाई बचाउनु हाम्रो धर्म हुनेछ।

हाम्रा मित्र हरि मानन्धर जी लाई उहाँको औषधि उपचारको लागि हाम्रो परिवारको तर्फबाट पनि जति सक्छौं सहयोग गर्न चाहन्छौ।

यसरी नै सहयोग गरेर उहाँको ज्यान बचाउन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, NRNA का सम्पूर्ण मान्यजन तथा साथीभाइहरुमा हार्दिक अनुरोध गर्दछु।

भगवान श्री पशुपति नाथसङ्ग प्रार्थना छ् कि उहाँ चाँडै निको भएको सुन्न पाईयोस्।।।

अन्तिममा उहाँका बारेमा अझै स्पष्ट हुनेगरी मेरा एक साहित्यिक मित्रले पठाएको जानकारी यस प्रकार छ-


साहित्य क्षेत्रमा रूचि राख्ने हरि मानन्धर २०१०-१२ मा अन्तराष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रका सचिव पदमा रहेर साहित्य क्षेत्रमा योगदान दिनु हुने व्यक्ति हुन् । उनका “असूचित विम्व ध्वनि” कविता सङ्ग्रह र “विवश” गजल एल्बम प्रकाशित छन् । साहित्यका साथमा पत्रकारिता गर्दै समाजको पीडा बोल्ने मानन्धरले समाजसेवालाई आफ्नो उत्तरदायित्व नै सम्झेर हजारौ पीडितहरूलाई सहयोग गरिसकेका छन् । सहयोगी मनहरूको समाज, काठमाण्डौंका महासचिव रहेर बर्षौदेखि रोग लागेर, भोकमरीमा परेर, भुकम्प जस्तो अवस्थामा, बाढीपैह्रो र आगलागीबाट घरबार बिहिन पर्दा वा कोरोना जस्तो महामारीमा मानिसहरूको ज्यान बचाउन आफ्नै ज्यानको बाजी लगाएर सहयोग वितरण गर्दै हिडेका एक योद्धा हुन् । तर दैवको खेल पनि कस्तो? उनै हजारौंको पीडामा मल्हम लगाएर हिड्दै गरेका मानन्धर एकाएक विगत ३ बर्षदेखि मृगौलाको समस्याबाट पीडित थिए । अन्ततः मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकाले उनको जीवन रक्षाका लागि यहाँहरूको सहयोग अपरिहार्य रहेको छ । यहाँहरूको सहयोग नै मानन्धरका लागि जीवनदान बन्नेछ । त्यसैले सकेको सहयोग गरि जीवनदान गर्नका लागि यहाँहरूसमक्ष अनुरोध गर्दछु ।

-कमला प्रसाईं

सहयोग गर्न चाहानु हुन्छ भने तलको लिंक क्लिकको लागी अनुरोध गर्दछु :

https://www.gofundme.com/f/lets-join-to-give-hari-manandhar-a-new-life?utm_campaign=p_cp+share-sheet&utm_medium=social&utm_source=facebook

प्रतिक्रिया