कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे – पत्रकार संरक्षण समिति ) ले सोमबार जारी गरेको विज्ञप्ति अनुसार अक्टोबर ७ देखि जारी इजरायल-गाजा द्वन्द्वमा गाजा, इजरायल र लेबनानमा कम्तीमा ६३ पत्रकार र सञ्चारकर्मी मारिएका छन्।
मृत्यु हुनेमा ५६ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी पत्रकारहरु भएको सीपीजेले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “गाजाका पत्रकारहरूले विशेष गरी उच्च जोखिमको सामना गर्नु परेको छ किनभने उनीहरूले इजरायली भूमि हमलाको क्रममा विनाशकारी इजरायली हवाई आक्रमण, अवरुद्ध सञ्चार, आपूर्ति अभाव र व्यापक बिजुली कटौती सहितको द्वन्द्वलाई समाचार बनाउने/लेख्ने /सङ्कलन (कभर) गर्ने प्रयास गर्छन्।”
पत्रकार वकालत समूहले सन् १९९२ मा खोज सुरु गरेयता द्वन्द्व पत्रकारका लागि सबैभन्दा घातक महिना भएको बताएको छ ।
“सीपीजेले युद्धमा मारिएका, घाइते भएका वा बेपत्ता भएका पत्रकार र सञ्चारकर्मीहरूका सबै प्रतिवेदनहरूको अनुसन्धान गरिरहेको छ,” समूहले बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया