इजरायल–हमास युद्धविरामको तेस्रो दिन ३९ प्यालेस्टिनी किशोर इजरायली कारगारबाट रिहा गरिएको सिएनएनले जनाएको छ । इजरायली कारागार(जेल)बाट रिहा भएका प्यालेस्टिनी किशोरकिशोरीहरूलाई बोकेको यात्रीयान (बस) स्थानीय समय अनुसार आइतबार साँझ पश्चिम किनारा को रामल्लाह शहरको केन्द्रमा आइपुगेको छ ।
यसअघि इजरायलको कारागार सेवाले इजरायल र हमास बीचको सम्झौताको एक भागको रूपमा कुल ७ इजरायली कारागारहरूबाट ३९ कैदी र बन्दीहरूलाई रिहा गरेको पुष्टि गर्यो।
आइतबार जारी गरिएको समूहमा १८ वर्ष र सोभन्दा कम उमेरका किशोरहरु थिए । जसमा १५ वर्षका दुई र एक कान्छो १४ बर्षका रहेका छन् ।
रमल्लाहमा सयौं शुभचिन्तकहरूले उनीहरूलाई प्यालेस्टिनी झण्डा फहराउँदै र अरूले हमासको झण्डा बोकेर स्वागत गरेका थिए।
प्रतिक्रिया