अक्टोबर ७ मा हमास लडाकूहरूले अपहरण गरेका ६५ बर्षीया इजरायली महिला गाजाको अल-सिफा अस्पताल नजिकै मृत फेला परेको इजरायली सेनाले बिहीबार जनाएको छ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) अर्थात् इजरायल रक्षा बलले एक विज्ञप्ति मार्फत किबुट्ज बेइरीका निवासी येहुदित वेइसको शव इजरायली सैनिकहरूले गाजा शहरमा फेला पारेको थियो र इजरायलमा फिर्ता ल्याएको जनाएको छ ।
विज्ञप्तिमा उनी कसरी र कहिले मारिईन भन्ने विस्तृत विवरण दिइएको छैन। तर सेना, चिकित्सा र रबिनेटका कर्मचारीहरूले शव पहिचान गरी परिवारलाई जानकारी दिएका छन्।
आइडीएफका प्रवक्ता ड्यानियल हगारीका अनुसार हमासले वेइसको हत्या गरेको बताए। “दुर्भाग्यवश, गाजा भूभागमा आतंकवादीहरूले येहुदितको हत्या गरे र हामी समयमै पुग्न सकेनौं,” उनले भने।
इजरायल रक्षा बलले परिवारलाई समवेदना पठाउनले छ , विज्ञप्तिमा भनिएको छ। “हाम्रो आँखा अगाडिको राष्ट्रिय कार्य भनेको बेपत्ताहरुको खोजी गरी अपहरणमा परेकाहरुलाई घर फर्काउनु हो।”
अक्टोबर ७ मा हमासले आफ्नो आतंककारी हमलाको क्रममा बन्धक बनाएका २०० भन्दा बढी व्यक्तिहरू मध्ये वेइस पनि एक थिईन । लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गरे र १,२०० भन्दा बढी मानिसहरूलाई मारेका थिए । मारिनेमा वेइसका श्रीमान् शमुएल पनि थिए।
प्रतिक्रिया