बढ्दो हिंसाको बीचमा ब्लिन्केन र अब्बास बीच भेट्घाट

इनेप्लिज २०८० कार्तिक १९ गते १२:१२ मा प्रकाशित

अक्टोबर ७ मा इजरायलमा हमासद्वारा गरिएको हमलापछि वेस्ट बैंक( पश्चिम किनारा) मा बढ्दै गएको बसोबास हिंसाको बीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्यालेस्टाइनी नियोगका अध्यक्ष महमूद अब्बाससँग आइतबार रमल्लाहमा भेट गरेका छन् ।

शीर्ष अमेरिकी कूटनीतिज्ञको रमल्लाहको भ्रमण आक्रमण पछि यो उनको पहिलो भ्रमण हो ।

जोर्डन, इजिप्ट, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्सका विदेश मन्त्रीहरू र प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) का महासचिवसँग शनिबार अम्मानमा भएको शिखर सम्मेलनमा ब्लिन्केनले उनीहरू सबै बढ्दो तनावको बारेमा अत्यन्तै चिन्तित भएको बताए ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ देखि पश्चिम किनारा (वेस्ट बैंक)मा कम्तिमा १५० प्यालेस्टाइनी मारिएका छन्।

प्रतिक्रिया