अमेरिकाको एट्लान्टा शहरमा आयोजित उत्प्रेरणादायी “सकारात्मक सोचको शक्ति” नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रा डा होमबहादुर बस्नेत(विद्या वारिधि )ले प्रस्तुति दिएका थिए ।
अमेरिकाको भ्रमणमा रहेका प्रा डा बस्नेतले एट्लान्टामा रहेका नेपाली समुदाय सदस्य तथा बिधार्थीहरु समेतलाई “सकारात्मक सोचको शक्ति” बारेमा प्रस्तुति दिए ।
कार्यक्रम उत्कृष्ट प्रस्तुति रहेको थियो भने उनले अहिले सम्म ५५२ वटा बिश्वभर शृंखला प्रस्तुत गरेका छन् । प्रा डा होमबहादुर बस्नेत पशु विज्ञान, पशु विज्ञान तथा मत्स्यपालन कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन, नेपालका संकायका डीन(सङ्कायध्यक्ष) हुन् ।
उनले करिब तीन दशकदेखि पशु सुक्ष्मजीव जीवशास्त्री माइक्रोबायोलोजिस्ट)का रूपमा अध्यापन गर्दै आएका छन् । उनको उत्कृष्ट प्रस्तुतिहरूबाट सहभागीहरु लाभन्वित भएको कार्यक्रमको समन्वय गर्ने सामाजिक अभियन्ता राजा घलेले बताए ।
घलेले प्रस्तुति प्रति सन्तुष्ट व्यक्त गर्दै बधाई तथा शुभकामना दिएका छन् । प्रा बस्नेतले केही सहभागीका जिज्ञाशाको उत्तर पनि दिएका थिए ।
उक्त कार्यक्रमको संयोजक हामी नेपाली ग्लोबलका उत्तर-दक्षिण अमेरिकाको निम्ति सदभावनादूत तथा सामाजिक अभियन्ता, अमेरिकामा अभिभावकको भूमिकामा रहेका राजा घलेले गरेका थिए ।
प्रतिक्रिया