अमेरिकी अर्थतन्त्र तेस्रो त्रैमासिकमा मजबूत रुपमा ४.९% दरमा वृद्धि

इनेप्लिज २०८० कार्तिक ९ गते १२:५९ मा प्रकाशित

अमेरिकी अर्थतन्त्र तेस्रो त्रैमासिकमा मजबूत रुपमा ४.९% दरमा बढेको छ । ब्याजदर २२ वर्षमा उच्चतम स्तरमा भए पनि अमेरिकी अर्थतन्त्र तेस्रो त्रैमासिकमा अझ बलियो गतिमा विस्तार भएको छ ।

कुल गार्हस्थ्य उत्पादन अर्थतन्त्रमा उत्पादित सबै वस्तु र सेवाहरूको मापन तेस्रो त्रैमासिकमा वार्षिक ४.९% दरले वृद्धि भएको वाणिज्य विभागले बिहीबार विवरण प्रकाशित गरेको छ।

यो दोस्रो त्रैमासिकको २. १ % गति भन्दा राम्रो रहेको र अर्थशास्त्रीहरूले अपेक्षा गरे भन्दा ४.३ % दर छिटो बढेको छ ।

बलियो उपभोक्ता खर्चले तेस्रो त्रैमासिकमा वृद्धिलाई प्रोत्साहन गरेको छ भनि सिएनएनले जनाएको छ ।

प्रतिक्रिया