राप्रपाका अध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री माननीय राजेन्द्र लिङ्गदेन अमेरिकाको भ्रमणमा आउने भएका छन् । उनि प्रवासी नेपाली एकता समाज (पानस)को अधिवेशनको लागि अमेरिका आउन लागेको पानसका अन्तर्राष्ट्रिय अध्यक्ष प्रेम कुमार श्रेष्ठले ईनेप्लिजलाई बताए ।
श्रेष्ठका अनुसार अमेरिकाको टेक्सस राज्यमा पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको लागि प्रमुख अतिथिको रुपमा लिङ्गदेन आउने भएका हुन् ।
लिङ्गदेन अमेरिकाको टेक्ससको ड्यालसमा अक्टोबर २७ का दिन अवतरण गर्ने कार्यकम रहेको छ । अक्टोबर २८ का दिन मोमो महोत्सव (फेस्टिवल)मा प्रमुख आतिथ्यता ग्रहण एवं नेपालीहरू संग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यसै गरि अक्टोबर २९ का दिन ड्यालसको करि लिफ नामक चमेना गृहमा हुने पानसको अधिनेशनमा प्रमुख आतिथ्यता ग्रहण गर्नेछन् । त्यस्तै अक्टोबर ३० का दिन साँझ केन्टकीका नेपाली समुदायसंग साक्षात्कार कार्यक्रम हुनेछ । श्रेष्ठले दिएको जानकारी अनुसार अध्यक्ष लिङ्गदेन अक्टोबर ३१ का दिन ओहायोमा बिश्व भुटानि संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागि हुनेछन् ।
कार्यक्रम तालिका अनुसार उनले नोभेम्बर २ का दिन वाशिंगटन स्थित नेपाली राजदुताबासको भ्रमण र साक्षात्कार कार्यक्रम तय गरिएको छ ।
त्यस पछि नोभेम्बर ४ का दिन न्यूयोर्कमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण तथा साक्षात्कार कार्यक्रम राखिएको छ । त्यसै गरि नोभेम्बर ५ का दिन मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा प्रमुख आतित्थ्यता ग्रहण एवं साक्षात्कार समेतको आयोजना तय गरिएको पानसका अन्तर्राष्ट्रिय अध्यक्ष श्रेष्ठले ईनेप्लिजलाई भने जानकारी गराए ।
मेरील्याण्डको कार्यक्रम पश्च्यात राप्रपा अध्यक्ष लिङ्गदेन नोभेम्बर ६ का दिन नेपाल प्रस्थान गर्नेछन् ।
प्रतिक्रिया