कम्तिमा १४ वटा मानवीय राहत मालबाहक गाडी रफाह पारगमन हुँदै गाजा भूभागमा प्रवेश

इनेप्लिज २०८० कार्तिक ५ गते २२:०५ मा प्रकाशित

कम्तिमा १४ वटा मानवीय सहायता मालबाहक गाडी रफाह पारगमन हुँदै गाजा भूभागमा प्रवेश गरेको छ ।

सिएनएनका अनुसार सिएनएनका एक पत्रकारले इजिप्टको रेड क्रिसेन्ट र संयुक्त राष्ट्र संघद्वारा प्रायोजित कम्तिमा १४ वटा मानवीय राहत मालबाहक गाडीहरू इजिप्टबाट रफाह पारगमन हुँदै स्थानीय समयअनुसार आइतबार साँझ गाजा भूभागमा प्रवेश गरेको अवलोकन गरेको जनाएको छ ।

गाजामा प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका एक अधिकारीले सिएनएनलाई मालबाहक गाडीहरू भित्राईएको र प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय सँस्था युएनआरडब्लुएको गाजा भण्डारण सुविधाहरूमा सामानहरू लैजाने सवारी साधनहरूमा सामान झारिएको कुरा पुष्टि गरे।

प्यालेस्टिनी पारगमन नियोगका तस्बिरहरूले मालबाहक गाडीहरूको दोस्रो चरणलाई युएनआरडब्लुए स्थलको यात्रा पूरा गर्न पारगमनको प्यालेस्टिनी पक्षमा लादि रहेको देखाएको छ।

प्यालेस्टिनी पारगमन नियोगका जनसम्पर्क प्रमुख वेल अबु उमरका अनुसार उक्त गाडीहरुमा गाजाका लागि खाना र औषधिहरु रहेका छन ।

गत शनिबार २० वटा इजिप्शियन माल बाहकगाडीहरु सोही पारगमन प्रयोग गरेर गाजामा मानवीय सहायता उतारेको एक दिन पछि यो समाचार आएको हो ।

प्रतिक्रिया