नेपालमा बडादसैँकाे सातौँ दिन फूलपाती भित्र्याइयो ,अमेरिकामा फूलपाती मनाइदै

इनेप्लिज २०८० कार्तिक ४ गते १६:५१ मा प्रकाशित

नेपालमा बडादसैँकाे सातौँ दिन फूलपाती भित्र्याइ हर्षोउल्लास साथ सम्पन्न भएको छ भने अमेरिका का बिभिन्न राज्य र शहरमा बसोबास गर्ने नेपाली समुदाय फूलपाती मनाई रहेका छन् ।

नेपाल जस्तो गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली नभई अमेरिकाका दर्जनौ राज्यहरुमा नेपालीको मन्दिरहरु भएकाले मन्दिर जाने क्रम जारी रहेको छ । नेपाली समुदायले अझ मन्दिरमा साँझ पख फूलपाती मनाउने छन् ।

अमेरिकामा पनि नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा-आराधना पनि गरिँदै छ । अमेरिकामा अधिकाश नेपालीहरुले घर मै जमरा राख्ने ,मन्दिर र सामुदायिक केन्द्रहरुद्वारा टिकाकै दिन जमरा समेत वितरण गर्ने हुनाले जमरा सहितको दशैँ मनाउने छन ।

दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ भने अमेरिकामा रहेका दर्जनौ दर्जन नेपाली मन्दिर तथा हिन्दुहरुले बनाएको मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

बडादसैँको साताैँ दिन पाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना सम्पन्न गरेको छ । नेपालमा गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइँएको छ ।

प्रतिक्रिया