न्यूयोर्कमा क्रिप्टो लगानीकर्ता पक्राउ: इटालियन पर्यटकको अपहरण र यातनामा संलग्न आरोप

इनेप्लिज २०८२ जेठ १२ गते ९:५९ मा प्रकाशित
Screenshot

न्यूयोर्क शहरमा एक इटालियन पर्यटकको अपहरण र बर्बर यातनाको घटनामा दुई जना पक्राउ परेका छन्। 

प्रहरीले जनाएको अनुसार ३७ वर्षीय क्रिप्टो (सुरक्षित डिजिटल मुद्रा )लगानीकर्ता जोन वोल्ट्जलाई म्यानह्याटनमा पक्राउ गरिएको हो।

वोल्ट्जमाथि पहिलो दर्जाको अपहरण, अवैध थुनावट, दोस्रो दर्जाको कुटपिट, र बन्दुक राखेको अभियोग लगाइएको छ। 

उनीलाई फरार हुनसक्ने भन्दै हिरासतमा राखिएको छ र उनको राहदानी पनि जफत गरिएको छ।

दोस्रो आरोपित २४ वर्षीया बिएट्रिस फोल्चीलाई पनि पक्राउ गरिएको भए पनि उनको सम्बन्ध र भूमिकाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। उनको अभियोजन हालका लागि स्थगित गरिएको छ।

न्यायाधीश सामु प्रस्तुत अभियोगपत्र अनुसार पीडित इटालियन पर्यटक ६ मे मा न्यूयोर्क आएका थिए । र, बिटक्वेन फिर्ता पाइने बहानामा वोल्ट्जको घरमा लगेका थिए। त्यसपछि उनलाई बाँधेर हप्तौँसम्म क्रूर यातना दिइएको अभियोग छ।

पीडितले विधुतिय तारले झट्का, खुट्टामा सानो आराले काटिएको, लागू औषधी खान बाध्य पारिएको बयान दिएका छन्। 

घटनास्थलबाट गोली नछिर्ने लूगा(प्रुफ भेष्ट) , रात्री देखिने चश्मा)नाइट भिजन गग्ल्स )र पीडितको तस्विर सहितका सामग्री फेला परेका छन्। तस्विरहरुमा पीडितको मुखमा लत लाग्ने लागूपदार्थ (क्र्याक) तान्न प्रयोग हुने नलि (पाइप) र टाउकोमा बन्दुक ताकिएको देखिन्छ।

अन्ततः पीडितले भाग्न सफल भई ट्राफिक ( यातायात)अधिकारीलाई खबर गरेका थिए।

प्रतिक्रिया