इजरायल रक्षा बल अर्थात् इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले २०३ जनाका परिवारलाई हमासले बन्धक बनाएको विश्वास गरेको बारे सूचित गरेको छ।
प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले बिहीबार एक पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन् ।
सेनाले आफ्नो मूल्याङ्कनमा बिभिन्न स्तरमा गरेता पनि गाजामा बन्धकहरूको कुल संख्याको बारेमा निश्चित हुन नसक्ने बताए।
अपहरणमा परेका २०३ जनाको परिवारलाई जानकारी गराइयो ’ हगरीले भने, सङ्ख्या अन्तिम नभएको बताए ।
सोही सम्मेलनमा हगारीले अक्टोबर ७ मा हमासको आक्रमणपछि मारिएका ३०६ सैनिकका परिवारलाई सेनाले जानकारी दिएको बताए ।
प्रतिक्रिया