ग्रेटर बोस्टन भन्नाले थुप्रै नगरहरूको समूह बुझिंन्छ । ति मध्येको एउटा नगर समरभील हो, यहां नेपालीहरूको बोक्लो बस्ती छ। समरभीलले नेपाली भाषा संस्कृतिको संरक्षणको लागि गहिरो चासो राखेको छ र नेपालीहरूलाई असाध्यै माया गर्ने र रूचाऊने त्याहा की मेयर Katjana Ballantyne हुनुहुन्छ ।
यता सौभाग्यले सुमन तिमिल्सिनाको अग्रसरतामा न्यूयोर्क सहरका सक्रिय अभियन्ता सोमनाथ घिमिरेको संयाजनमा बिराटनगर सहरका यूवा मेयर नागेश कोइरालाले अक्टुवर १३ का दिन बोस्टन बरिपरिका नगरहरूको भ्रमण गर्नु भयो । उक्त अबसरमा समरभील की मेयर Katjana Ballantyneले एउटा स्वागत, भेटघाट र छलफलको कार्यक्रम राख्नु भयो । स्वागत गरिएको समारोहमा दुवै नगरका मेयरहरूले एक अर्का लाई दोसल्ला ओढाई र पिन साटासाट गरेर सम्मान तथा आत्मियता बढाऊनु भएको थियो ।
उक्त अवसरमा समरभील नगरकी मेयरले बिराटनगर महानगरपालिकालाइ नगरको भोतिक संरचना र पानी प्रसोधनका विज्ञहरूसंग परामर्श गर्न र डियर आईल्याण्डमा अवस्थित Water treatment plant को अध्ययन र अवलोकनको चांजोपांजो पनि मिलाऊनु भयो ।
स्वागत समरोहको संयोजन नगरका अफिसियल कोअर्डिनेटर परशुराम फुंयालले गर्नु भएको थियो भनें ग्रेटर बोस्टनको कम्यूनिटी मिनिस्टर प्रह्लाद केसी र राजमित्र प्रज्ञा प्रतिष्ठानका संरक्षण सुशील नेपाको पनि उपस्थिति थियो ।
प्रतिक्रिया