अमेरिकाले शुक्रबार देखि इजरायलमा फसेका अमेरिकीहरूलाई ल्याउन उडान सुरु गर्दै

इनेप्लिज २०८० असोज २६ गते १:२२ मा प्रकाशित

अमेरिकाले शुक्रबार देखि इजरायलमा फसेका अमेरिकीहरूलाई ल्याउन उडान सुरु गर्ने भएको छ । बाइडेन प्रशासनले दिएको जानकारी अनुसार यसले शुक्रबार इजरायलबाट युरोपका गन्तव्यहरूमा भाडा(चार्टर) उडानहरू सुरु गर्ने जनाएको छ ।

एक पटक यात्रुहरू इजरायलबाट युरोप पुगेपछि इजरायली, टर्की र अन्य क्षेत्रीय बिमानसेवाहरूमा उनीहरूलाई अमेरिका-आधारित र अन्य बिमानहरुबाट अमेरिका पठाइनेछ।

सुरक्षाको कारण युनाइटेड, अमेरिकी र डेल्टा सबैले यस हप्ताको सुरुमा इजरायलको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, तेल अवीवको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा र त्यहाँबाट उडानहरू बन्द गरेका छन् ।

हमास विद्रोहीहरूले इजरायली नागरिकहरूलाई आक्रमण गरेपछि, कम्तिमा १,२०० व्यक्तिको मृत्यु भएको र गाजामा इजरायली हमलाहरूको घातक आक्रमण सुरु गरेदेखि केही बिमानसेवाहरूले बेन गुरियनबाट हप्तामा सञ्चालन जारी राखेका छन्।

युरोपेली बिमानसेवाले चेतावनीलाई ध्यान दिइरहेका छन्। अझै पनि दुबईको एमिरेट्स बिमान , टर्कि बिमान र रूसी बिमान रेड विंगहरू सञ्चालनमा छन ।

प्रतिक्रिया