अमेरिकाको न्यु जर्सीका सिनेटर बब मेनेन्डेज माथि फेरि भ्रष्टाचारको आरोप लागेको छ भने उनको लुगाबाट नगद र सुन भेटिएको एबिसीन्यूजले जनाएको छ ।
मेनेन्डेजले सन् २००६ देखि न्यु जर्सीबाट सिनेटरको रूपमा काम गरि रहेका छन् ।
अभियोजकहरूले मेनेन्डेजको घरमा नगद, सुन आदी घूस रुपमा प्रमाण भेटिएकोले उनलाई आरोप लगाएका छन् । सिनेटर मेनेन्डेज र उनकी पत्नीलाई कथित रूपमा प्रदान गरिएको घुस मध्ये नगद, सुन र महंगा सवारी साधनहरू रहेका छन । तर उनीहरुले यसलाई अस्विकार गरेका छन् ।
न्यूयोर्कको एक संघीय निर्णायक मण्डल(ग्रान्ड जूरी)ले संयुक्त राज्य अमेरिकाका सिन्टर बब मेनेन्डेज र एक शक्तिशाली विदेशी सम्बन्ध समितिका अध्यक्ष समेत रहेका उनि विरुद्ध अनुचित विदेशी सम्बन्ध र व्यापारिक कारोबारको सम्बन्धमा व्यापक अभियोग पुन लगाएको छ।
अनुसन्धान एक बिलासित गाडी (लक्जरी कार) ,सुनको बिस्कुट र मेनेन्डेज र उनकी पत्नी, नादिन आर्स्लानियनले कथित रूपमा प्राप्त गरेको आवास गृह (अपार्टमेन्ट)मा केन्द्रित रहेको एबिसीन्यूजले जनाएको छ । उनकी श्रीमतीलाई पनि अभियोग लगाइएको छ ।
अभियोगमा ६९ वर्षीय मेनेन्डेज र उनकी श्रीमतीलाई न्यु जर्सीका तीन व्यवसायी वेल हाना, होजे उरिबे र फ्रेड डेड्ससँग भ्रष्ट सम्बन्ध रहेको आरोप लगाइएको छ।
अभियोगमा मेनेन्डेज र उनकी श्रीमतीले व्यापारीलाई सुरक्षा र समृद्ध बनाउन सिनेटरको शक्ति र प्रभाव प्रयोग गर्नको लागि लाखौं डलर घुस लिएको आरोप लगाइएको छ। घूसहरूमा नगद, सुन, विलासिता गाडी र अन्य मूल्यवान चीजहरू समावेश रहेको अभियोगमा भनिएको छ।
न्यू जर्सीका वरिष्ठ सिनेटरमाथि भ्रष्टाचारको आरोप लागेको यो दोस्रो पटक हो । २०१५ लगाईएको अभियोग २०१८ मा निर्णायक मण्डल सबै गणनाहरूमा निर्णयमा पुग्न असफल भएका थिए ।साथै एक न्यायाधीशले उनलाई केही आरोपहरूबाट मुक्त गरेका थिए ।
मेनेन्डेजको नजिकका व्यक्तिका अनुसार सिनेटर पदबाट राजीनामा दिने छैनन भनि एबिसीन्यूजले उल्लेख गएको छ । मेनेन्डेजले अर्को वर्ष पुनः निर्वाचनमा उठ्ने मनस्थितिमा छन् । उनले एक बिज्ञप्तिमा वर्षौंदेखि, पर्दा पछाडिका शक्तिहरूले बारम्बार मेरो आवाज बन्द गर्ने र मेरो राजनीतिक चिहान खन्न प्रयास गरेका छन् भनि अभियोगको बारेमा जवाफ दिएका छन् ।
यो अनुसन्धान लगभग एक वर्ष पहिले चुवाहट भएको थियो ,उनले भनाई छ । मलाई पहिले झूटो आरोप लगाइएको थियो किनभने मैले शक्तिहरूबाट पछि हट्न अस्वीकार गरेको बिज्ञप्तिमा जनाएका छन् । साथै उनले आफू निर्दोष भएको दाबी गरेका छन् ।
नादिन मेनेन्डेजको प्रतिनिधित्व गर्ने वकिल ड्यानी ओनोराटोले एबीसी न्यूजलाई एक वक्तब्यमा भने, “श्रीमती मेनेन्डेजले कुनै पनि गल्तीलाई अस्वीकार गर्दछिन र अदालतमा यी आरोपहरू विरुद्ध कडा रूपमा प्रतिरक्षा गर्नेछिन ।”
सिनेट ऐतिहासिक कार्यालयका अनुसार, मेनेन्डेज कार्यालयमा रहँदा दुईवटा असम्बन्धित आपराधिक आरोपमा अभियोग लगाइएका पहिलो सिनेटर हुन्।
प्रतिक्रिया