कूटनीतिक विवाद बढ्दै गएपछि भारतले क्यानाडाली नागरिकको प्रवेशाज्ञा(भिसा )निलम्बन गरेको छ ।
ओटावाले नयाँ दिल्लीले आफ्नो भूमिमा सिख पृथकतावादी कार्यकर्ताको हत्याको पछाडि सम्भावित रूपमा रहेको आरोप लगाएपछि भारतले क्यानाडाली नागरिकहरूको लागि प्रवेशाज्ञा(भिसा )सेवाहरू निलम्बन गरेको छ, र दुबै देशहरू बीचको कूटनीतिक विवाद बढेको छ।
सिएनएनले प्रकाशित गरेको समाचार अनुसार क्यानडामा भारतका लागि भिसा आवेदनहरू प्रवन्ध (ह्यान्डल )गर्ने बिएलएस अन्तर्राष्ट्रिय (BLS इन्टरनेशनल)ले बिहीबार भारतीय धितोपत्र कारोवार (स्टक एक्सचेन्ज)हरूलाई पत्र पठाएको छ जसमा प्रवेशाज्ञा(भिसा )सेवाहरू “अर्को सूचना नभएसम्म निलम्बन गरिएको छ।”
“सञ्चालनको कारणले गर्दा तत्काल प्रभावबाट अर्थात् २१ सेप्टेम्बर २०२३ , क्यानाडामा भारतीय प्रवेशाज्ञा (भिसा) सेवाहरू अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको छ,” बम्बई स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ इन्डिया र मेट्रोपोलिटन स्टक एक्सचेन्जलाई पठाइएको पत्रमा भनिएको छ।
यसअघि, बिएलएस अन्तर्राष्ट्रियले आफ्नो आधिकारिक संजालस्थल (वेबसाइट)मा भारतले भारतीय निकायको सूचनालाई उद्धृत गर्दै बिहीबारदेखि क्यानाडाली नागरिकहरूको लागि प्रवेशाज्ञा(भिसा) सेवाहरू निलम्बन गरेको जनाएको थियो ।
प्रतिक्रिया