रिजाललाई दुई मतले हराउँदै उपाध्यक्ष विष्णु पौडेल निकट कँडेल बने एमाले लुम्बिनीको अध्यक्ष

इनेप्लिज २०८० भदौ २० गते १:३४ मा प्रकाशित

बुटवल, नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । बुटवलमा राति अबेर सम्पन्न मतगणनामा हरि रिजाललाई २ पराजित गर्दै कँडेल विजयी भएका हुन् ।

विजयी भएका कँडेल उपाध्यक्ष विष्णु पौडेल र पराजित रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्। त्यस्तै, गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् ।

उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् । यस्तै, महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन् ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन् ।

प्रतिक्रिया