अमेरिकाको एरिजोनामा एक मानिसले १० वर्षीय छोरालाई राजमार्गमा सानो प्रकारको मालवाहक गाडी कुदाउन दिए पछि पक्राउ

इनेप्लिज २०८० भदौ १८ गते १४:२० मा प्रकाशित

अमेरिकाको एरिजोना राज्यको फिनिक्समा एक मानिसले १० वर्षीय छोरालाई राजमार्गमा सानो प्रकारको मालवाहक गाडी(पिकअप ट्रक ) कुदाउन दिए पछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएका छन् ।

सार्वजनिक सुरक्षा एरिजोना विभागका अधिकारीहरूले दिएको जानकारी अनुसार बालकले गत शनिबार दिउँसो एरिजोनाको १०१ राजमार्ग स्कट्सडेलमा गाडी कुदाए पछि प्रहरीले पछ्याएका थिए ।

सार्वजनिक सुरक्षा एरिजोना विभाग(डिपिएस)का अनुसार बालकका ४९ वर्षीय बुबा यात्रु सिट(आसन)मा थिए । फिनिक्सका उक्त व्यक्तिलाई खतराको शङ्कामा मारिकोपा काउन्टी शेरिफको कार्यालय कारागारमा दर्ता गरिएको छ ।

प्रहरीका अनुसार अवैध रूपमा एक नाबालिगलाई गाडी चलाउन अनुमति दिएको र गाडीमा मदिराको खुला भाडो राखिएको थियो। एक भटभटे (मोटरसाइकल) चालकले दिउँसो ३:३० बजे ९११ मा प्रहरीलाई खबर गरेका थिए ।

चालकले असुरक्षित मार्ग (लेन )परिवर्तन गरेको देखेर एक प्रहरीले गाडी देखे र रोक्ने प्रयास गरे। उनलाई रोक्न असफल भए पछि उनलाई प्रहरीले पछ्याएका थिए । सार्वजनिक सुरक्षा एरिजोना विभाग (डीपीएस)का अनुसार १० वर्षीय बालकलाई कुनै आरोप लागेको छैन।

प्रतिक्रिया