अमेरिकी संसद बिद्रोहमा संलग्न भएका प्राउड ब्वाइजका नेता जो बिग्सलाई १७ वर्षको कारागार सजाय

इनेप्लिज २०८० भदौ १४ गते २३:४४ मा प्रकाशित

अमेरिकी संसद भवनमा जनवरी ६ ,२०२१ मा बिद्रोहमा संलग्न भएका प्राउड ब्वाइजका नेता जो बिग्सलाई १७ वर्षको कारागार सजाय सुनाइएको छ ।

उनलाई दिईएको सजाय अहिलेसम्म दिइएको सबैभन्दा लामो सजायहरू मध्ये लामो सजाय हो ।

२०२० को चुनाव पछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पबाट जो बाइडेनलाई शक्तिको शान्तिपूर्ण हस्तान्तरणलाई जबरजस्ती रोक्न प्रयास गरेकोमा देशद्रोहको षड्यन्त्र सहित धेरै आरोपहरूमा जो बिग्सलाई वाशिंगटन डिसी निर्णायक मण्डलले दोषी ठहर गरेको छ ।

“हाम्रो संविधान र कानूनले तपाईलाई धेरै महत्त्वपूर्ण अधिकारहरू दिन्छ जसको लागि अमेरिकीहरूले लडे र मरे र तपाईं आफैले रक्षा गर्नको लागि वर्दी (युनिफर्म )लगाउनु भयो,” जिल्ला न्यायाधीश टिमोथी जे केलीले सजाय सुनाउँदै भने ।तर जनवरी ६,२०२१ मा केलीले भने “संयुक्त राज्यमा शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने हाम्रो परम्परा तोडियो”।

टिमोथी जे केलीलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका हुन् ।

प्रतिक्रिया