बोस्टनको जुलूस (परेड)मा गोली चल्दा कम्तीमा ७ जना घाइते

इनेप्लिज २०८० भदौ ९ गते १५:५९ मा प्रकाशित

अमेरिकाको म्यासचुस्टेस राज्यको चर्चित शहर बोस्टनको जुलूस (परेड)मा गोली चल्दा कम्तीमा ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान गोली चल्दा कम्तीमा सात जना घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा ल्याइएको छ भने उनीहरु खतरामुक्त रहेका छन ।

कैयौंलाई पक्राउ गरिएको र हतियार बरामद गरिएको प्रहरीले बताएका छन।

बोस्टन प्रहरीका अनुसार शहरको क्यारिबियन रोमन क्याथोलिक धर्म मान्नेहरुको उत्सवको भाग हो ।

जुभे परेडको समयमा गोली चलेको सिएनएनले जनाएको छ ।

डोरचेस्टरको ब्लू हिल एभिन्यू (मार्ग )र ट्याल्बोट एभिन्यू(पथ )को कुनामा गोली चले पछि बिहान ७.४५ बजे आपतकालीन दूरभाष (कल)हरू आउन थालेको प्रहरीले जनाएको छ।

एक प्रहरी प्रवक्ताले “धेरै पीडित” लाई स्थानीय अस्पतालमा लगिएको बताएका छन् ।

प्रतिक्रिया