अमेरिकाको मिशिगनमा आएको घुम्रपात( टोर्नाडो)को कारण कम्तिमा ३ जनाको मृत्यु

इनेप्लिज २०८० भदौ ८ गते १६:४७ मा प्रकाशित

अमेरिकाको मिशिगनमा आएको घुम्रपात( टोर्नाडो)तथा ७५ माइल प्रतिघण्टाको हावासहितको आँधीले कम्तिमा ३ जनाको मृत्यु भएको छ ।

गत बिहीबार मिशिगनमा ७५ माइल प्रतिघण्टाको गतिमा आएको हावा र शक्तिशाली आँधीले रुखहरू ढालेको छ भने भवनको छाना उडाएको छ ।

बिहीबार लाखौ ग्राहकलाई विद्युतविहीन बनाएको छ ।

राष्ट्रिय मौसम सेवाले शुक्रबार केहि क्षति दुई वटा घुम्रपातको कारण पनि ठूलो क्षति भएको जनाएको छ ।

बिहीबार राति परेको बर्षाको कारण दुईवटा सवारी साधनको ठक्करबाट एक महिला र दुई बालबालिकाको मृत्यु भएको केन्ट काउन्टी शेरिफको कार्यालयका प्रवक्ताले बताए ।

प्रहरीका अनुसार ९६ राजमार्गमा २५ भन्दा बढी सवारी साधनहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।

जसमा १ जनाको मृत्यु भएको छ र धेरै व्यक्तिहरू गम्भीर रूपमा घाइते भएका छन्।

प्रतिक्रिया