राष्ट्रिय एकता सुदृढ गर्न चाडपर्वको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

इनेप्लिज २०८० भदौ ७ गते २:१८ मा प्रकाशित

काठमाडौ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाइरहेका बताएकी छन् ।

नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व, २०८० का अवसरमा शुभकामना सन्देश दिँदै उनले चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन योगदान दिने विश्वास पनि व्यक्त गरेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले विविध भौगोलिक क्षेत्रमा बसोवास गर्ने विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका यस्ता पर्वले नेपालीलाई समाजमा विद्यमान अन्धविश्वास, सबै प्रकारका विभेद तथा विसङ्गतिलाई अन्त्य गरी समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गरेकी छन् ।

प्रतिक्रिया