विराटनगर,५ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राष्ट्रपतिले अवरुद्ध संसद खुलाउन सर्बदलीय वैठकको आव्हान गर्नु भएको बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी कुरा गर्दै उहाँले राष्ट्रपति मुलुकको सर्वोच्च निकाय भएकाले विगत एक महिनादेखि अवरुद्ध संसद सुचारु गर्न राख्नु भएको सर्वदलीय बैठकलाई सक्रिय भएको सोच्नु हुदैन भन्नु भयो ।
केन्द्रीय सदस्य डा कोइरालाले कोशी प्रदेश सभामा भदौ ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा वैठकको अध्यक्षता गर्नु हुने सदस्यले मतदान गर्नु गलत भएको बताउनु भयो ।
उहाँले अध्यक्षता गर्नु हुने सदस्य सभामुख भएकोले यस सम्बन्धमा संसदीय व्यवस्थामा कसरी जानु पर्छ भन्ने विषयमा सर्वोच्च अदालतवाट निर्णय आउने विश्वास व्यक्त्त गर्नु भयो ।
केन्द्रीय सदस्य कोइरालाले विगतमा कोशी प्रदेश सरकार गठनका सम्वन्धमा अदालतको निर्णय भएको प्रष्ट पार्नु भयो ।
उहाँले भन्नु भयो अव अदालतले कोशी प्रदेश सरकार गठन गर्न धारा १६८ को उपधारा ३ मा निर्णय आउने र सरकार पछि पाँच जाने विश्वास जनाउनु भयो ।
उहाँले प्रहरीहरुको सरुवा एउटा प्रक्रिया हो तर चार महिनामा अनुसन्धानमा सक्रिय प्रहरीको सरुवा गर्नुले अप्ठ्यारो अवस्था सिर्जना हुने धारणा राख्नु भयो ।
नेता डा कोइरालाले ललिता निवास र भूटानी शरणार्थी काण्डमा नेकांको होइन व्यक्तिलाई प्रकाउ गरेको हो भन्दै निर्दोष पर्नु हुदैन दोषीले सजाय पाउनु पर्छ भन्ने मान्यता रहेको बताउनु भयो ।
उहाँले वर्तमान अवस्थामा नेकांले गठबन्धन सरकार छोड्ने कुनै निर्णय नगरेको जानकारी दिनु भयो ।
प्रतिक्रिया