साउदी अरेबियाको जेद्दाहमा सप्ताहन्तमा भएको अन्तर्राष्ट्रिय वार्ताले युक्रेन संकटको शान्तिपूर्ण समाधान खोज्न “अन्तर्राष्ट्रिय सहमतिलाई सुदृढ गर्न” मद्दत गरेको चीनको विदेश मन्त्रालयले सोमबार बिज्ञप्तिमा जनाएको छ ।
युरेशियन मामिलाका लागि चीनका विशेष दूत ली हुइले युक्रेन संकटको राजनीतिक समाधानका लागि सबै पक्षहरूसँग व्यापक सम्पर्क र सञ्चार गरेका छन्… सबै पक्षका विचार र प्रस्तावहरू सुनेका छन् र अन्तर्राष्ट्रिय सहमतिलाई थप सुदृढ बनाएको छ,’ विदेश मन्त्रालयको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
रोयटर्सका अनुसार “सबै पक्षले ली हुईको उपस्थितिमा सकारात्मक टिप्पणी गरेका छन् र शान्ति वार्तालाई सहज बनाउन चीनको सकारात्मक भूमिकालाई पूर्ण समर्थन गरेका छन्।”
चीनले आफ्नो १२ बुँदे शान्ति प्रस्तावको आधारमा संवादलाई सुदृढ गर्न जारी राख्नेछ ,विज्ञप्तिमाभनिएको छ । सीएनएनले चीनको विदेश मन्त्रालयलाई सम्पर्क गरेको समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया