अमेरिकि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ७ वटा राज्यहरु जर्जिया ,पेनसेलभेनिया ,एरिजोना लगायतमा नतिजा उल्ट्याउन खोजेको अभियोगमा उनि बिहिबार अगस्त ३ का दिन दिउसो ४ बजे पूर्वीय समय अनुसार डिसी अदालतमा हाजिर हुने भएका छन् ।
ट्रम्पलाई २०२० को चुनावी छानबिनमा संघीय ग्रान्ड जूरी(बृहत निर्णायक मण्डल )ले अभियोग लगाएको छ । गत राती अगस्त २ देखि नै देखि सयौका संख्यामा अदालत बाहिर कुर्सि र सुत्ने व्यवस्था गर्दै संचार माध्यम लगायत बिभिन्न संघ/संस्थाका प्रतिनिधिहरु त्यहा अड्डा जमाएका छन् ।
साथै सुरक्षा प्रवन्धको राम्रो व्यवस्था समेत गरिएको छ । यता उनकै उपराष्ट्रपति माइक पेन्सले ट्रम्पले आफूलाई नतिजा उल्टाउन दबाव दिएको तर आफूले संबिधान अनुसार काम गरेको खुलेआम बताएका छन् । हाल रिपब्लिकनको तर्फबाट प्राथमिक राष्ट्रपतिको दौडमा ७ जना उम्मेदवारहरु मध्ये ट्रम्प सबै भन्दा अगाडी रहेको न्यूयोर्क टाइम्सले गरेको सर्वेक्षणले देखाएको छ ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा उल्ट्याउन खोजेको आरोपमा पुन मुद्दा लगाइएको छ । गत मंगलबार एक ४५ पृष्ठको संघीय अभियोगमा ट्रम्पलाई चार अपराधी गणनाहरूको आरोप लगाइएको छ।
ती चार अभियोगहरुमा संयुक्त राज्य अमेरिकालाई धोका दिने षडयन्त्र, आधिकारिक कारवाहीमा अवरोध गर्ने षड्यन्त्र, आधिकारिक कारवाईमा अवरोध गर्ने र अधिकार विरुद्ध षड्यन्त्र गर्ने जस्ता रहेका छन् ।
ट्रम्पलाई आपराधिक आरोपमा अभियोग लगाइएको यो तेस्रो पटक हो। उनले अन्य दुई मुद्दामा सबै आरोपमा दोषी नभएको बताएका छन् । उनले २०२० मा भएको चुनावमा धाँधली भएको जिद्दी छोडेका छैनन भने गत मंगलबार एबीसी न्यूजसँगको अन्तर्वार्तामा आरोपहरूलाई चुनावी हस्तक्षेप भएको आरोप लगाएका छन् ।
प्रतिक्रिया