गैर आवासीय नेपाली संघ (एनआरएन )अमेरिकाको अध्यक्ष पदमा डा अर्जुन बन्जाडे( बिद्या वारिधि)ले शानदार बिजयी हासिल गरेका छन् । निर्वाचन समितिले गत जुलाई २३ का दिन दिउसो अमेरिकी पूर्वीय समय अनुसार २ बजे निर्वाचन परिणाम घोषणा गर्न भएता पनि जुलाई २४ को झिसमिसेमा नतिजा प्रकाशित गरेको छ ।
डा बन्जाडेले पूर्व अध्यक्ष चिकित्सक डा केशव पौडेलले नेतृत्व गरे पछि उनले जसलाई समर्थन गर्थे उनीनै बिजयी हुने गरेकोमा चिकित्सक पौडेलले दुई कार्यकाल,सुनिल शाहले एक कार्यकाल र बुद्धि सुबेदीले एक कार्यकाल गरि कूल ८ बर्ष सम्म कायम राखेको नेतृत्व तोडिएको छ ।
एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थ अध्यक्षका दाबेदार रहेता पनि उनले उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा दुवै पटक अत्यधिक मत ल्याएता पनि उनि स्वयम् उम्मेदवार नभई बन्जाडेलाई सशक्त सहयोग गरेका थिए । स्मरण रहोस बन्जाडे अघिल्लो निर्वाचनमा पराजित भएका थिए भने एक पटक पराजित भएर दोश्रो पटक पुन अध्यक्ष पदमा उम्मेदवार हुने उनि एक मात्र उम्मेदवार हुन् ।
जुलाई २३ का २ बजे अगाडी नै नतिजा अमेरिकाको टेक्ससको एक संचार माध्यमले मुख्य पदहरुको नतिजा प्रकाशित गरे पछि अन्यौल र विवादित बने पछि जुलाई २३ को २ बजे दिउसो आउनु पर्ने नतिजा जुलाई २४ का दिन बल्ल बल्ल सार्वजनिक गर्न सफल भएको छ ।
२०२३-२०२५ का लागि बन्जाडे अध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको नतिजा अध्यक्षका प्रत्यासी बन्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गरेका थिए भने अर्का प्रत्याशी डिलु पराजुलीले ४ हजार ८ सय ६ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पदमा विकाश उप्रेति ,र राष्ट्रिय उपाध्यहरुमा भानु खरेल,प्रेम तामाङ,ज्ञानेन्द्र गुरुङ तथा नेत्र पाण्डे निर्वाचित भएका छन्। राष्ट्रिय महिला उपाध्यक्ष पदमा भने सुनिता सापकोटा कंडेल बिजयी भएकी छिन् ।
युवा उपाध्यक्ष पदमा अनुप खनाल विजयी भएका छन् भने महासचिव पदमा रामहरि अधिकारी बिजयी भएका छन् । सचिव पदमा दिपक सापकोटा तथा राष्ट्रिय महिला सचिव पदमा शान्ति पौड्याल बिजयी भएकी छिन ।
कोषाध्यक्ष पदमा सरोज सिग्देल ,सह कोषाध्यक्ष पदमा दिवाकर पाण्डे बिजयी भएका छन् । राष्ट्रिय युवा संयोजकमा तेज पौडेल र राष्ट्रिय महिला संयोजक पदममा सुनिता खत्री बिजयी भएका छन् ।
संचालक समिति सदस्यहरु अर्थात् बोर्ड अफ डाइरेक्टर खुला पदका र गंगाधर आचार्य,बिष्णु बराल,निमा शेर्पा,बासुदेव भट्ट,लक्ष्मण दर्लामी, मोहन कुसारी ,र नवराज न्यौपाने बिजयी भएका छन् ।
महिला संचालक समिति सदस्यहरुमा दुर्गा तिवारी, रितादेवी प्रधान, सृजना शर्मा र सरस्वती शर्मा निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार निर्वाचनमा कूल १३ हजार ६ सय ९१ मतदाता मध्ये ११ हजार २ सय ६७ मतदाताले मतदान गरेका थिए। ८२.३ प्रतिशत मत खसको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया