रुसी आक्रमणमा ऐतिहासिक युक्रेनी मुख्य गिर्जाघर नराम्ररी क्षतिग्रस्त

इनेप्लिज २०८० साउन ७ गते १५:५७ मा प्रकाशित

रुसी क्षेप्यास्त्रबाट दक्षिणी युक्रेनी बन्दरगाह शहर ओडेसामा रहेको ऐतिहासिक परम्परागत मुख्य गिर्जाघर(अर्थोडक्स क्याथेड्रल)लाई नराम्ररी क्षति पुर्‍याएको छ ।

यस्ले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आक्रोसित बनाएको छ भने प्रतिशोधको वाचा गर्न बाध्य पारेको छ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

आक्रमणमा कम्तिमा एक व्यक्तिको मृत्यु भएको छ भने धेरै जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन ।

आक्रमणले अन्य ऐतिहासिक भवनहरू पनि ध्वस्त पारेको युक्रेनको संस्कृति मन्त्रालयले जनाएको छ।

ट्रान्सफिगरेसन क्याथेड्रल ( रुपान्तरण मुख्य गिर्जाघर) ओडेसाको सबैभन्दा ठूलो गिर्जाघर भवन हो।

युक्रेन एक स्वतन्त्र राष्ट्र बन्नु अगाडी नै १८०९ मा प्रतिष्ठा गरिएको थियो भने १९३६ मा सोभियत युगको समयमा नष्ट भएको थियो ।

यो मुख्यगिर्जाघर ओडेसा शहरको केन्द्रमा अवस्थित छ, जसलाई युनेस्कोले रूसको आक्रमणको खतराको बीचमा विश्व सम्पदा स्थल बनाएको थियो ।

प्रतिक्रिया