भर्जिनियामा नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सॅभवत नेपाली मूलका व्यक्ती पक्राउ- आरोपमात्र लागेको समूदायको दाबी

इनेप्लिज २०८० साउन ६ गते १२:०६ मा प्रकाशित

भर्जिनियामा नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा संभवत नेपाली मूलका व्यक्ती पक्राउ परेका छन । तर समुदाय सदस्यहरुले यो केवल आरोपमात्र भएको ईनेप्लिजलाई समाचार प्रकाशित हुनासाथ सतर्क गराएका छन ।

भर्जिनियाको मनासस क्षेत्रको प्रिन्स विलियम काउन्टीमा एक नाबालिग माथि पटक पटक यौन दूर्व्यवहार गरेकोले सॅभवत नेपाली मूलका आरोपी ४६ बर्षिय कविराज बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई घरैबाट पक्राउ गरिएको हो भने पिडित बालिकाले अभिभावकलाई सो को जानकारी दिए पछि अभिभावकले प्रहरीसॅग सम्पर्क गरे पछि प्रहरीले बालिकासॅग अन्तरवार्ता गरे पछि अन्तमा उनकै निवासबाट पक्राउ गरिएको फक्स५ डिसी सॅचार माध्यमले समाचार तस्विर सहित प्रकाशित गरेको छ ।

यसैगरि प्रहरीको समाचार मुखपत्रले पनि उक्त यौन काण्डको तस्विरसहित आरोपीको तस्विरसहित प्रकाशित गरेको छ ।

गम्भिर प्रकृतीको मुद्दा भएकोले उनलाई धरौटीमा छोडन नमिल्ने गरि काउन्टी( जिल्ला जस्तै )हिरासतमा राखिएको छ भनि फक्सन्यूज५ ले जनाएता पनि उनि हिरासतमा नभएको समूदायका अगुवा तथा श्रोत व्यक्तिहरुले ईनेप्लिजलाई जानकारी गराएका छन ।

अव हाम्रा नेपाली समुदायले पनि आफ्नो समुदाय भन्दैमा आफ्ना सन्तानलाई साथीभाई ईष्टमित्रका घरमा बास बस्ने गरि पठाउन अघि १० पटक सोच्ने वेला आएको छ । बोहरा समुदायका प्रतिष्ठित व्यवसायी समेत रहेकोले ईनेप्लिजमा समाचार छापिए पछि समूदाय यस बिषयमा गम्भिर हुनुको साथै वकिल राखि सकिएको र उनि सामान्य जीवनमा फर्कि सकेको समेत दाबी गरेका छन ।

समूदायले दिएको पछिल्लो जानकारी अनुसार केही समयको लागि मात्र सोधपुछ भनिएता पनि काउन्टी र विश्व प्रसिद्ध फक्सन्यूज५ मा प्रहरीले दिएको सूचना प्रकाशित गरेको देखिएको छ। यो समाचार झुठो ठहरियोस र कुनै पनि नेपाली मूलका कोही पनि व्यक्तीलाई यस्तो गम्भिर आरोप नलागोस भनि ईनेप्लिज परिवार चाहना राख्ने छ ।

स्मरण रहोस, यस्तै प्रकृतीको घटनामा एक नेपाली अमेरिकामा ३७८ बर्षको कारागार सजाय भोगि रहेका छन ।

काउन्टीले प्रकाशित गरेको सबै कागजात ईनेप्लिजसॅग सुरक्षित रहेको छ ।

प्रतिक्रिया