हेरिस्वर्गमा २१० सौ भानु जयन्ती सुसम्पन्न

इनेप्लिज २०८० साउन २ गते २१:४० मा प्रकाशित

त्रिबेणी साहित्यिक मञ्च हेरिस्वर्गले २१० सौ भानु जयन्ती हेरिस्वर्ग स्थीत ओएचआरसीको भवनमा जुलाई १६ आइतवारका सुसम्पन्न गरेको छ।

समारोहमा कबि पन्डित बोधराज ढुङ्गेलको बृहत् कबिता सङ्ग्रह र डिल्लीराम सर्मा आचार्यको जिवनी, ब्यक्तीत्ब र कृतित्वको बिश्लेषणात्मक अध्यान एंव मूल्याकंन गरिएको थियो।

कार्यक्रममा मञ्च अध्यक्ष केशब घिमिरेले अध्यक्षता गरेका थिए भने भुटनीज कम्युनिटी इन हेरिस्वर्गका अध्यक्ष तिलक निरौला प्रमुख अतिथी थिए। बिशेष अतिथीहरू स्वाटारा टाउन सिपका कृष्टीन जुवेक र पर्शु दाहाल बिशेष अतिथी थिए ।

करिब ८० जना जती साहित्यप्रेमीहरूको उपस्थिती रहेको कार्यक्रममा डा. नारद पोख्रेल, मधु घिमीरे लगायतले कबिता बाचन गरेका थिए भने मञ्चका सचिब नारद आचर्यले सन्चालन गरेका थिए!

तिलक निरौलाले मञ्चलाई र भाषाको संरक्षणका निम्ती आफुले जस्तो सुकै सहयोग गर्न पनि तयार गरेको बताए!

प्रतिक्रिया