पछिल्लो समय अदालतमा अनौठो र गैरसंवैधानिक परिदृश्य देखिनथालेको सांसद सोविता गौतम आरोप

बेद प्रसाद घिमिरे २०८२ जेठ ५ गते १०:४३ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम पछिल्लो समय अदालतमा देखिएका केही प्रक्रियाका बारेमा शंका गरेकी छिन् । प्रतिनिधिसभामा बोल्दै सांसद गौतमले अदालतले एकफर्ती सुनुवाई गरेको विषयमा सदनको ध्यानकर्षण गराएकी हुन् । उनले अदालतले प्रतिवादीलाई जानकारी नदिई मुद्दाको पेसी तोक्ने र सुनुवाइ सुरु गर्ने कार्य भइरहेको गुनासो सुनिएको बताइन् ।

‘पछिल्लो समय अदालतमा अनौठो र गैरसंवैधानिक परिदृश्य देखिनथालेको छ । अदालतले प्रतिवादीलाई जानकारी नदिई मुद्दाको पेसी तोक्ने र सुनुवाइ सुरु गर्ने कार्य भइरहेको गुनासो सुनिन्छ । सुनुवाई सुरु गरेको मुद्दा हेर्दाहेर्दैमा छ, अनि बल्ल पेसीको जानकारी प्रतिवादीलाई देऊ भन्ने आदेश हुनु अचम्मै हो ।’ उनले भनिन्, ‘यो त जबरजस्त “जानकारी भएनछ ठिकै छ, अब जानकारी दिनु तर हेर्न त अब मैले नै हेर्नुपर्यो, बरू छिटो जानकारी दिएर बोलाउ” भन्या जस्तो भाव प्रष्ट भएन र ? इजलासले प्रवित्त धारणा राखेको विषयमा शंका सिर्जना हुन्छ कि हुँदैन ?’

यदि अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थाल्यो भने, यो देशमा विधिको शासन नरहने उनको भनाई छ ।

प्रतिक्रिया