हत्यामा संलग्न एक संदिग्ध जो मिशिगनमा आरोपहरूको सामना गर्न लगिएको बेला भागे पछि व्यापक खोज पछि मोन्टानामा फेला पारिएको प्रहरी अधिकारीहरूले भने।
४२ वर्षीय फरार चाडविक शेन मोब्लीलाई गत सोमबार राती मोन्टानाको प्लेन्समा भेटिएपछि पक्राउ गरी फिर्ता हिरासतमा लिइएको स्यान्डर्स काउन्टी शेरिफको कार्यालयले जनाएको छ।
मोब्लीलाई आइतबार मोन्टानामा अधिकारीहरूबाट फरार भएको आरोप लगाइएको छ । २०११ मा आफन्तको घरको भुईतल्ला (छिडी)मा घातक गोली हानिएको अवस्थामा फेला परेकी २० वर्षीया महिलाको हत्याको आरोपको सामना गर्न मिशिगन लगिएको थियो।
यूएस मार्शल सेवाद्वारा अनुबन्धित निजी यातायात संस्था (कम्पनी)का कर्मचारीहरूले मोब्लीलाई लिबी, मोन्टानाको लिंकन काउन्टी कारागार (जेल)बाट आइतवार मिशिगनतर्फ लैजाँदै गर्दा स्थानीय समय अनुसार बिहान १० बजेतिर उनी आफ्नो हातकडी र खुट्टाको नलीखुट्टा र बोल्ट(चुकुल)बाट बाहिर निस्कन सफल भएका थिए ।
मिशिगन महिलाको हत्याको संदिग्ध मोबले जुलाई ९ ,२०२३ मा मोन्टानामा भागेका थिए । उनलाई हत्याको आरोपको सामना गर्न मिशिगनमा सारिएका थिए।
प्रतिक्रिया