अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा बस्दै आएका गैर आवासीय संघ अभियानमा लाग्दै आएका विष्णु बरालले एनआरएनए अमेरिकाको बोर्ड सदस्यमा उम्मेदवारी दिएका छन् ।
अमेरिका करिव एक दशक भन्दा अगाडी परिवार सहित आएका बराल डिसी महानगर क्षेत्रका बिभिन्न संघ/संस्थाहरुसंग आबद्ध छन । क्रियाशील रुपमा समाज सेवामा संलग्न भै नेपाली समुदायलाई सेवा पुर्याउदै आएका छन् ।
चितवन जन्म भै भौतिक शास्त्रमा स्नातकोत्तर समेत गरि प्राध्यापन पेशामा समेत सेवा पुर्याई सकेका बरालले यस पटक च्याप्टर(शाखा)मा भन्दा माथि उठी राष्ट्रिय स्तरमै सेवा गर्ने इच्छा गर्दै समिति सदस्यमा उम्मेदवारी दिएका छन ।
उनले नेपालमा हुँदा बि.स २०५८ देखि २०६८ सम्म बिरेन्द्र मल्टिपल क्याम्पस ,बालकुमारी क्याम्पस लगायत आधा दर्जन महाबिद्यालय (क्यापस)मा अध्यापन गराउने अवसर प्राप्त गरेका छन ।
नेपालदेखि नै बिभिन्न सामाजिक संस्थाहरुमा सक्रिय भएर समाजसेवामा लागेकोले गर्दा करिव एकदशक अगाडी अमेरिका आईसकेपछी पनि अझै पनि क्रियाशील भएको र निरन्तरता दिने ईनेप्लिजलाई बताए । समाज सेवामा लागि रहने इच्छा भएकोले राज्य भन्दा राष्ट्रिय स्तरको समितिमा सेवा गर्ने मन लागेकोले उम्मेदवारी साथीभाईहरुसंग सरसल्लाह गरेर उम्मेदवारी दिएको हु ,बरालले भने ।
उनले एनआरएनए मेरिल्याण्ड शाखामा २०१७-२०१९ सम्म कोषाध्यक्ष ,२०१९-२०२१ सचिव र एनआरएनए एनसीसी अमेरिकाको एजुकेशन एण्ड स्कील डेप्लमेन्ट कमिटी संयोजक( शिक्षा तथा शीप विकास समिति )को रुपमा २०२१ देखी हाल सम्म निरन्तर सेवा दिदै आएका छन् ।
नेपालमा पेशाले महाबिद्यालयल(क्याम्पस)का प्राध्यापक भएको नाताले महाबिद्यालयहरुमा अध्यापन भएता पनि अमेरिकामा हाल क्युए /क्युसि इञ्जिनियरिङ्ग(अभियन्त्रणा)मा काम गरि रहेका छन् ।
उनले अबको दुई हप्ता हुने गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा मेरो कामको अनुभवलाई मतदाताले एक पटक विचार गर्ने ,मुल्यांकन गर्ने ,सहयोग र साथ पाउने अपेक्षा सहित ईनेप्लिज मार्फत अध्यक्षका प्रत्याशी डिलु पराजुली तथा समूहलाई एक मत प्रदान गर्न आग्रह र आह्वान गरेका छन् ।
उनले एनआरएनए अमेरिकाको बोर्ड सदस्यमा मेरो उम्मेदवारी किन भनि केही कुराहरु पस्कदै समुदायलाई आग्रह गरेका छन् ।
बिष्णु बरालको परिचय :
आदरणीय अमेरिकावासी गैर आवासीय नेपाली बुवा-आमा, दाजु-दिदी तथा प्रिय भाइ-बहिनीहरू,
नमस्कार !
⁃ नाम- विष्णु बराल
⁃ जन्म - वि सं २०३२ चितवन मा
⁃ स्कूल - अन्नपूर्णा उच्च मा वि पार्वतीपुर चितवन
⁃ क्याम्पस - वीरेन्द्र बहुमुखी क्याम्पस चितवनबाट वि सं २०५१ मा I SC,
⁃ वि सं २०५४ मा पाटन संयुक्त क्याम्पसबाट BSC
⁃ वि सं २०५७ मा त्रिभुवन विश्वविधालयबाट MSC (Physics)
⁃ कार्यरत कलेजहरु- वि सं २०५८ देखि २०६८ सम्म Birendra Multiple Campus Bharatpur, Balkumari Campus Narayangarh, School of Helth Science Bharatpur, Chitwan Science College Bharatpur, Orchid Science college New Capital college, लगायत चितवनका बिभिन्न कलेजमा
हाल बाल्टीमोर मेरील्याण्डमा श्रीमती, एक छोरा एक छोरीका साथ बिगत ११ बर्ष देखी बसोबास गर्दै आएको छु।
प्रतिक्रिया