ट्विटरद्वारा मेटालाई मुद्दा हाल्ने धम्की

इनेप्लिज २०८० असार २२ गते ११:०८ मा प्रकाशित

सामाजिक संजाल मेटाले थ्रेड्स नामक सामाजिक संजाल अनुप्रयोग(एप) गत जुन ६ का दिन देखि सार्वजनिक गरे पछि ट्विटरले मुद्धा हाल्ने धम्की दिएको सिएनएनले जनाएको छ । थ्रेड्स प्रारम्भ गरे पछि मेटाका प्रमुख मार्क जकरबर्गले नै स्वयम् थ्रेड्समा ३० मिलियन अर्थात् ३ करोड मानिसहरु ग्राहक बनेको उल्लेख गरि सकेका छन् ।

प्रतिद्वन्द्वी अनुप्रयोग (एप) थ्रेड्सले संकोचन (तान्ने -ट्र्याक्शन )प्राप्त गरेपछि ट्विटरले मेटालाई मुद्दा हाल्ने धम्की दिएको छ । गत बुधबार ट्विटरको प्रतिनिधित्व गर्ने एक वकिलले मेटाका प्रमुख कार्यकारी अधिकारी (सीईओ )मार्क जकरबर्गलाई एउटा पत्र पठाएका छन् । उक्त पत्रमा सँस्था (कम्पनी)लाई ट्विटरका पूर्व कर्मचारीहरूलाई काममा राखेर व्यापार गोप्य चोरी गरेको आरोप लगाएको छ ।

पत्र पहिलो पटक सेमाफोरले पत्रिकाले समाचार प्रकाशन गरेको थियो । यस विषयमा परिचित एक व्यक्तिले सिएनएनलाई पत्रको प्रामाणिकता पुष्टि गरेको जनाएको छ ।

ट्विटरका मालिक इलन मस्कका बाहिरका वकिल एलेक्स स्पिरोको पत्रले मेटाले “ट्विटरको व्यापार गोप्य र अन्य बौद्धिक सम्पत्तिको व्यवस्थित, जानाजानी र गैरकानूनी दुरुपयोग” मा संलग्न भएको आरोप लगाएको छ।

पत्रको जवाफमा मस्कले “प्रतिस्पर्धा ठीक छ, धोखाधडी होइन।” भनि ट्वीट गरेका छन् ।

मेटाले ट्विटरका पूर्व कर्मचारीहरूलाई काममा राखेको छ जसले “ट्विटर कागजातहरू र बिधुतिय उपकरणहरू अनुचित रूपमा राखेका छन्” र मेटाले “जानीबुझेर” यी कर्मचारीहरूलाई थ्रेडहरू विकास गर्नमा संलग्न गराएको छ भनि आरोप लगाएको छ ।

“ट्विटरले आफ्नो बौद्धिक सम्पत्ति अधिकारलाई कडाईका साथ लागू गर्न चाहन्छ,” स्पिरोले पत्रमा लेखेका छन् । मेटाले कुनै पनि ट्विटर व्यवसाय गोप्य वा अन्य अत्यधिक गोप्य जानकारी प्रयोग गर्न रोक्न तत्काल कदम चाल्न माग गर्दछ।”

मेटाका प्रवक्ता एन्डी स्टोनले पत्रलाई स्पष्ट रूपमा खारेज गर्दै “थ्रेड्स अभियन्त्रणा (ईन्जिनियरिङ् )टोलीमा कोही पनि पूर्व ट्विटर कर्मचारी छैनन् भनि स्प्ष्ट पारेका छन् ।

प्रतिक्रिया