पहिरो पीडितलाई मोना हङकङद्वारा रु दुई लाख सहयोग

इनेप्लिज २०७२ साउन ३२ गते ४:२२ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), ३२ साउन । म्याग्दीको बैसरीका पहिरो पीडितलाई आइतबार रु दुई लाख २५ हजार नगद सहयोग प्र्राप्त भएको छ ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले रु दुई लाख र भगवती–९ घर भई हाल दुबईमा कार्यरत प्रकाश कार्कीले रु २५ हजार सहयोग गर्नुभएको हो । मोना हङकङले पठाएको रकम संस्थाका अन्तर्राष्ट्रिय संयोजक प्रकाश पुन र म्याग्दी एकता समाज दुबईका उपाध्यक्ष कार्कीले पठाएको रकम उहाँका भाइ धीरेन खत्रीले बैसरी पहिरो पीडित राहत सहयोग व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो ।

हङकङमा रहेका म्याग्देलीले त्यहाँ फुटबल प्रतियोगिता आयोजना गरेर पहिरो पीडितलाई पुनर्वास र पहिलेकै दैनिकीमा फर्कन सहयोग मिलोस् भनेर सहयोग गरेको मोनाका अन्तर्राष्ट्रिय संयोजक पुनले बताउनुभयो ।

गत जेठ १० गते राति राम्चे–९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले राम्चे–९ र भगवती–२ बैसरीका २७ घर पुरेको थियो । पहिरो खस्नुअगावै सावधानी अपनाएर बैसरीबाट विस्थापित भएका स्थानीयवासी पिप्ले–४ मा पर्ने राहुपारेमा अस्थायी टहरा बनाएर बस्दै आएका छन् । घरबार विहीन भएका बैसरीका १८ परिवार टहरामा बसेर दिन कटाउँदै आएका छन् ।

विस्थापितको पुनर्वासमा मद्दत गर्नका लागि देश विदेशमा रहेका म्याग्देलीले हालसम्म रु ४० लाख नगद र रु १० लाख बराबरको जिन्सी सामग्री सहयोग गरेको बैसरी पहिरो पीडित राहत सहयोग व्यवस्थापन समितिका सचिव मनबहादुर पुर्जाले बताउनुभयो । तर स्थायीरुपमा बसोबासका लागि सरकारी निकायबाट निर्णयमा ढिलाइ हुँदा बैसरीका पहिरो पीडित अन्योलमा परेका छन् ।

म्याग्दीमा प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम प्रभावकारी

प्रहरीले सञ्चालन गरेको नागरिक सुनुवाइ कार्यक्रम प्रभावकारी बनेको छ ।

ग्रामीण क्षेत्रका सर्वसाधारणसँग अन्तक्र्रिया गरी उनीहरुको गुनासो सुन्ने तथा प्राप्त सुझाव र अपेक्षाअनुसार सुरक्षा गतिविधि सञ्चालन गरेपछि आपराधिक क्रियाकलाप, विकृति, सामाजिक समस्या न्यूनीकरण र न्याय प्रक्रियामा सर्वसाधारणको पहुँच बढ्न थालेको हो ।

जनता र प्रहरीको सम्बन्ध सकारात्मक तथा सहयोगी बनाउन प्रहरीले सर्वसाधारणमाझ पुग्ने उनीहरुको गुनासो, सुझाव सङ्कलन गर्न म्याग्दी प्रहरीले ग्रामीण क्षेत्रमा नागरिक सुनुवाइ गर्दै आएको छ ।

प्रतिक्रिया