जर्मनीमा २ अमेरिकी बिधार्थी पर्यटकहरू माथि हमला हुँदा एकको मृत्यु ,इलिनोइस बिश्वबिद्यालयका बिधार्थीहरु भएको पुष्टि

इनेप्लिज २०८० असार ३ गते १२:२१ मा प्रकाशित

जर्मनीमा आक्रमण गरिएका २ अमेरिकी पर्यटकहरू इलिनोइस बिश्वबिद्यालयका बिधार्थीहरु भएको पुष्टि भएको छ । सिएनएनका अनुसार उनीहरु हालसालै सम्पन्न महाबिद्यालय (कलेज ग्राजुएसन)मा अध्ययन समाप्त गरेका बिधार्थिहरु रहेका थिए ।

जर्मनीमा पैदल यात्रा गर्ने क्रममा इलिनोइस अर्बाना-च्याम्पेन बिश्वबिद्यालयका बिद्यार्थीहरु भएको प्रहरीले बताएको छ । २१ वर्षीया इभा लिउलाई बुधबार जर्मनीको सबैभन्दा लोकप्रिय पर्यटकीय स्थल, न्युस्वान्स्टाइन क्यासल नजिकै पैदल यात्रा गर्ने क्रममा भेटेका ३० वर्षीय अमेरिकी पुरुषले कथित रूपमा आक्रमण गरेको बभेरियन अधिकारीहरूले बताएका छन्।

उनको साथमा रहेको एक साथी, २२ वर्षीया केल्सी चाङले लिउलाई बचाउने प्रयास गरे तर उनलाई ठाडो भिरबाट तल धकेलिएको उनले भने । अन्वेषकहरूका अनुसार पुरुषले लिउमाथि “यौन अपराध” गर्ने प्रयास गर्नु अघि उसले उनलाई भिरबाट तल धकेलेको कारण उनी पनि आफ्नो साथी भन्दा ५० मिटर तल खसेकी थिइन् ।

दुवै महिलालाई आकस्मिक उद्धारकर्ताहरूले उद्धार गरी दुई छुट्टाछुट्टै अस्पतालमा लगिएको थियो जसमा चाङ बाँचे तर लिउको पछि मृत्यु भएको थियो ।

कुनै पनि महिलाले कथित आक्रमणकारीलाई पहिले चिनेका थिएनन । संदिग्धको नाम हाल सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार ती व्यक्तिले ती दुई युवतीलाई गोप्य बाटोमा पछ्याउन मनाएका थिए जसले आक्रमण गर्नुअघि दृश्यावलोकन गरेका थिए ।

घटनास्थलबाट भागेपछि उनी अहिले हत्या, ज्यान मार्ने उद्योग र यौन दुराचारको आरोपमा प्रहरी हिरासतमा रहेको अधिकारीहरुले जनाएका छन् ।

इलिनोइस बिश्व बिद्यालय परिवारले लिउको मृत्यु र चाङमाथि भएको आक्रमणमा शोक व्यक्त गरेको छ,” इलिनोइस युनिभर्सिटी अर्बाना-च्याम्पेनका सहायक चान्सलर रोबिन कालरले भने।

प्रतिक्रिया