आर्थिक हिनामिना प्रकरण बारे समता ग्लोबल सिनेटद्वारा समाचारको खण्डन, साधारण सभाले टुङ्गो लगाउने प्रतिबद्धता

इनेप्लिज २०८० जेठ ३१ गते १:१३ मा प्रकाशित

अमेरिकामा समता बिद्यालयको आर्थिक हिनामिना प्रकरण बारे आगामी जुन १८ का दिन शिकागोमा हुने समता ग्लोबल सिनेट साधारण सभाले दुधको दुध पानीको पानी छुट्याउने अपेक्षा गरिएको छ ।

गरिमामय पृष्ठभूमि र गरिमा बोकेको बिद्यालयमा यस्ता आर्थिक हिनामिनाको समाचारले बिश्वभरि रहेका नेपाली समुदायमा भूकम्प ल्याई दिएको छ र आस्चर्यमा पारि दिएको छ ।

सबैलाई बार्षिक साधारण सभाले समाचारमा उठेका सबै प्रश्नको जवाफलाई सम्बोधन गर्ने र सबै कुरा छर्लंग बनाई दिने समेत समता ग्लोबल सिनेटका प्रमुखले ईनेप्लिजलाई बताए ।

त्यहाँ उपस्थित हुने सिपिएले आफ्ना हिसाव-किताव सबै पारदर्शिताका साथ प्रस्तुत गर्ने हुँदा आगामी १८ तारीखमा हुने बार्षिक साधारण सभाको तयारीमा जुटेको बिज्ञप्तिमा जनाईएको छ ।

समता ग्लोबल सिनेट र यसका सदस्यहरुको चरीत्र हत्या गर्ने किसिमको मिथ्या समाचार सम्प्रेषण भएको भन्दै जुन ११ का दिन समता सिनेट ग्लोबलले छापा बिज्ञप्ति मार्फत खण्डन गरेको छ ।

“समता स्कुलको नाममा अमेरिकामा लाखौं डलर हिनामिना” भन्ने शीर्षक सहीत प्रकाशित भ्रामक समाचारको सोही संचार माध्यममा उपस्थित भएर सिनेटका अध्यक्षले खण्डन समेत गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिक्षाको माध्यमबाट बालबालिकाको जीवनमा उज्यालो छर्ने यहाँको प्रतिबद्धतामा हामी संगसंगै छौं। भ्रामक आरोपहरुबाट बिचलित नहुन सिनेटरहरुलाई समेत आग्रह गरिएको छ ।

बिज्ञप्तिमा सबै वित्तीय गतिविधिहरूको सारांश आफ्नो संजालस्थल (वेबसाइट)मा प्रकाशित गरिएको समेत उल्लेख गरिएको छ । हिसाबकितावमा पारदर्शिता कायम गर्नको लागी शुरुदेखि नै स्थापित, व्यावसयिक, र स्वतन्त्र सिपिएहरुद्वारा नै विवरणहरु तयार गरीएको समेत जनाईएको छ ।

सिनेटको बार्षिक साधारण सभामा उपस्थितिको लागि सबैलाई आमन्त्रित समेत गरिएको छ । यस बिषयमा अमेरिकामा मात्र नभई बिश्वभरि यत्रतत्र छरिएर रहेका नेपाली समुदायसँग प्रगाढ रुपमा जोडिएको र समुदायकै लागि निस्वार्थ ,निसर्त र समर्पित हामी ईनेप्लिज यस प्रकरणमा अनुसन्धानमा लागि रहेको सहर्ष जानकारी गराउदछौ ।

र यसको लागि हामी बार्षिक साधारण सभामा समेत पुगी प्रत्यक्ष प्रसारण ,परोक्ष (जुम)बाट साधारण सभाको सिधै प्रत्यक्ष प्रसारण गराउनुको साथै जुम मार्फत यहाहरुलाई समेत हामी जोड्ने छौ ।

यहाँहरु केही जिज्ञाशा राख्न चाहनु हुन्छ भने हामी यहाँहरुलाई जुम (परोक्ष )मार्फत प्रवेश गराई बोल्ने समेत मौका दिलाउने हामी प्रतिबद्ध छौ । यहाँहरुले इनेप्लिजमा सम्पर्क गर्न सक्नु हुने छ । हामी ईनेप्लिज मार्फत जुमको अङ्क सार्वजनिक रुपमा उपलब्ध गराउने छौ ।

प्रतिक्रिया