विमान दुर्घटनाको २ हप्तापछि अमेजनमा ४ जना बालबालिका जीवितै फेला परेको कोलम्बियाका राष्ट्रपतिले बताएका छन् ।
दुई साताअघि भएको विमान दुर्घटनामा ११ महिनाको बच्चासहित चार आदिवासी बालबालिका घना कोलम्बियाली अमेजनमा जीवितै भेटिएको जानकारी राष्ट्रपति गुस्ताभो पेट्रोले बुधबार बताए । पेट्रोले ट्वीटरमा सेनाले “कठिन खोजी प्रयास” पछि बच्चाहरू फेला पारेको जनाए।
मे १ मा दुर्घटनाग्रस्त विमानमा यात्रा गरिरहेका नाबालिगहरूको खोजी गर्न कुकुरसहित १०० भन्दा बढी सिपाहीहरू तैनाथ गरिएको थियो ।
जसमा बिमान चालक र बच्चाकी आमासहित तीन वयस्कको मृत्यु भएको थियो।
प्रतिक्रिया