नेपाली गीत संगीतको क्षेत्रमा हजाँरौ कलाकारहरु मध्य एक बहुप्रतिभाषाली कलाकार हुन राजेश बर्देवा। तिन दर्जन भन्दा धेरै गीतहरुमा स्वर भरेका राजेशले थुप्रै विधाका गीतहरुमा आवाज दिएका छन । तिमि चाहिन्छ बोलको लोक दोहोरी गीतमा पुर्णकला विसि संग उनले आवाज दिएका छन। गितार बजाइदेउ, मायाजालमा पार्यो मायाले,फल मिठो, मत सानु विरानो गाँउको हो, डोको चोँयाको जस्ता अन्य थुप्रै गीत उनले गाएका लोक दोहोरी गीत हुन भने सुन मेरा फ्यान्स, आज पानी नपरे हुन्थ्यो,आयो दशै तिहार कान्छीलाइ पट्यायो झिल्के ले, नाच मुइया घुम्ती निर सिसाको ऐना,आइफोन सेभेन लगायत अन्य थुप्रै पर्व गीतहरुमा स्वर दिएका छन। लोक दोहोरी मात्र नभएर लोक पप गीतमा पनि बर्देवाले स्वर दिएका छन। पहिला पहिला, अर्काकि बुढी राम्री लाग्नी आहा साइली लगायत अन्य गीत मा उनले आवाज दिएका हुन।
गायक मात्र नभएर उनले थुप्रै गीतमा संगीत तथा संगीत संयोजन समेत गरेका छन। कुर्चि तानातान, तिमि मेरो मुटुमा छौ बोलको गीतमा संगीत र एरेन्ज दुवै गरेका छन ।
बहुप्रतिभाशाली कलाकार बर्देवा नेपालका ठुला ठुला सागीतिक कार्यक्रमका उद्घोषक पनि हुन । काठमाडौंमा आयोजना गरिने अवार्डका थुप्रै कार्यक्रममा संचालकको रुपमा उनलाइ देख्न सकिन्छ भने स्टेज मा गायन प्रस्तुतीले उनले धेरै मेला महोत्सवमा दर्शक श्रोताको मन जितिसकेका छन भने उनि अहिलेका व्यस्त कलाकारमा पर्छन ।
प्रतिक्रिया